+
+

युएईको तीज बिशेष कार्यक्रममा धुम मच्चाउँदै ज्योति मगर

आरपी सहयात्री आरपी सहयात्री
२०७३ साउन २० गते १५:०९

Teej-UAE

युएर्इ । होहल्ला र भीडभाडबाट मुक्त अनि सदा शान्त रहने युएईको उत्तरी इमिरेट रासअल खेमा आगामी तीजमा निकै तात्ने भएको छ ।

दुबईको बरदुबई र देरामा मात्र प्राय आयोजना हुने नेपाली कार्यक्रमहरुले त्यही क्षेत्रका नेपालीहरुलाई मात्र समेटेको अवस्थामा यसपालिको तीजमा रासअल खेमा जाग्ने पक्कापक्की भएको छ ।

त्यस क्षेत्रका नेपालीहरुलाई जगाउन आगामी २ सेप्टेम्बरमा बजारमा चलेकी लोकदोहोरी गायिका ज्योति मगर रासअल खेमा आउँदै छिन् । ज्योतिको आगमनले रासअल खेमामा हंगामा हुने आयोजक समितिले दाबी गरेको छ ।

ज्योतिका अलावा नेपालका चर्चित लाक दाेहोरी गायक नवीन पाैडेल पनि युएर्इ अाउँदैछन् । अर्की गायिका गंगा घर्तीले पनि यस कार्यक्रममा अाफ्नो प्रस्तुति दिनेछिन् । साथै पत्रकार मनोज श्रेष्ठ पनि नेपालबाट सोही कार्यक्रममा आउनेछन् ।

कार्यक्रमको सफलताको लागि गत जुलाई २९ तारिख शुक्रबार बसेको एनआरएनए रासअल खेमा र इनास रास अल खेमाको संयुक्त बैठकले सेप्टेम्बर २ तारिख आयोजना हुने नेपाली तीज महोत्सवको भव्य कार्यक्रमका बारे प्रकाश पार्दै कार्यक्रममा एकैसाथ सम्मान साँझ पनि गर्ने निर्णय भएको छ ।

नेपाली तीज महोत्सव तथा सम्मान कार्यक्रम मूल आयोजक समितिमा एनआरएनए यूएईबाट २० जना र इनासबाट २० जना रहने इनासका महासचिव राम तामाङले जानकारी दिएका छन् ।

नेपाली तीज महोत्सव तथा सम्मान साँझ २०७३ नामाकरण गरिएको यस कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा टेवा पुर्‍याइरहेका निम्न संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिने आयोजक समितिका रेशम लामाले बताएका छन् ।

सम्मान योग्य संस्थामा नेपाली समाज यूएई रहेको छ, जुन नेपाली समुदायमा सबैभन्दा पुरानो संस्था तथा पहिलो नेपाली संस्थाका रुपमा परिचित छ ।

कार्यक्रममा पत्रकार मनोज श्रेष्ठलाई द्वन्दग्रस्त सिरियाबाट नेपाली चेलीको उद्धारमा पुर्‍याएको भूमिकाको कदर गर्दै सम्मान गरिने आयोजकले बताएका छन् ।

यूएईमा समस्यामा परेका २९ भन्दा धेरै नेपाली चेलीको उद्दारमा सक्रिय भूमिका निर्वाह गरेकी कल्पना राईलाई पनि सम्मान गरिने भएको छ । राई एनआरएन युएईको महिला संयोजक हुन् ।

प्रवासमा रहेर पनि देउडा गीतको संरक्षण तथा सम्बर्द्धनमा पुर्याएको भूमिकाको कदर गर्दै सुदूर पश्चिम समाजबाट मानबहादुर केसी ‘मुस्कान’लाई पनि सम्मान गरिने आयोजकले बताएका छन् । प्रवासमा रहेर पनि गाउँगाउँमा कम्प्युटर शिक्षामा गरेको योगदान पुर्याएकोमा धादिङ समाजबाट भुवन गुरूङलाई पनि सम्मान गर्ने आयोजकको योजना छ ।

सुगठित शरीरका कारण दक्षिण एसियाली प्रतियोगितामा भाग लिइसकेका तथा नेपाली खेलकुद विकासमा पुयाएको योगदानको कदर गर्दै झापाली समाजबाट राम दाहाललाई पनि सम्मान गरिने भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासबाट कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन रहने आयोजकले बताएका छन् ।

विशेष अतिथिमा च्याम्बर अफ कमर्सका निर्देशक डा. अहमद रसेद अल सेमेइली रहने बताइएको छ ।

त्यसरी नै विशेष अतिथिमा एनआरएन युएईका अध्यक्ष सुदिप कार्की, नेपाली समाज यूएईका अध्यक्ष चन्ऽप्रसाद सापकोटा, समाजसेवी सालिक सुवेदी र युएईमा क्रियाशील अधिकांश नेपाली संघसंस्थाका प्रतिनिधिहरु रहने बताइएको छ ।

रासअल खेमाको मिनिस्ट्री अफ कल्चरको सरकारी थियटर हलमा आयोजना हुने उक्त कार्यक्रमलाई अन्य कार्यक्रमभन्दा पृथक बनाउन नयाँ तरिका अपनाइने कार्यक्रमका संयोजक राजेन्ऽ रोस्याराले बताए । यस पटकको तीज महोत्सवमा सारजहा, अजमान तथा उम अल क्वेनका नेपाली चेलीहरूलाई पनि समावेश गर्ने कार्यक्रमका व्यवस्थापक केबिनजंग शाहीले जानकारी दिएका छन् ।

Teej-UAE-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?