Comments Add Comment

सौन्दर्य टिप्सः व्रतमा यसरी गर्नुस् मेकअप

Makeup

काठमाडौं । साउन महिना व्रतको महिना । यो महिनामा व्रत बस्ने प्रायः सबै महिला गाजल, टीका, लिपिस्टिक लगायतका मेकअप गरी महादेवको पूजा आरधना गर्ने गर्छन् ।

तर बढ्दो गर्मी तथा थकानका कारण आधा दिन नहुँदै उक्त मेकअप बगेर केही बाँकी रहदैन । यदी मेकअप रहिहाले पनि थकानका कारण मुखै उज्यालो हुँदैन । त्यस्तो बेला मेकअपलाई लामो समय टिकाइराख्न हामीले घरैमा पनि विभिन्न उपाय गर्न सक्छौ ।

त्यसको लागि सबैभन्दा पहिले फेस वासले मुख धुने । मुख धोइसकेपछि एलोभेरा -घ्यु कुमारी)को नन् सेटिङ्ग फेस प्याक लगाउने ।

यस्ता प्याक घरैमा पनि बनाउन सकिन्छ । यदी तपाईंको घरमै एलोभेरा छ भने एलोभेराको लेदोलाई एउटा कचौरामा निकालेर वा त्यसलाई मिक्सचरमा ग्राइण्ड गरेर पनि सिधै अनुहारमा लगाउन सकिन्छ । त्यसरी लगाएको पेस्टलाई पाँच मिनेटसम्म त्यत्तिकै राख्ने र मुख धुने । यस्तो पेस्ट बजारमा पनि सजिलै किन्न पाइन्छ ।

त्यसपछि मेकअप गर्दा हल्का, वाटर प्रुफ मेकअप गर्ने । सकेसम्म गर्मीमा गाजलको प्रयोग कम गर्ने । गर्नै परे गाजलको माथि थोरै पाउडर लगाउने ।

जुनसुकै मेकअप गर्दा पनि त्यस्ता मेकअप चार घण्टा भन्दा बढी टिक्दैन । त्यसैले यसबारे विशेष ध्यान दिएर अनुहारमा पुनः मेकअप गरेको खण्डमा पनि अनुहार उज्यालो बनाइरहन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment