Comments Add Comment

पाँच हजार लिएर बाह्र वर्षीया छोरीको बिहे

marriage२२ साउन, काठमाडौं । इटहरी रामगनर भुटाह गाविस ५ का खलखल मस्किले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीया नावालिका छोरीको विवाह गरिदिएका छन् ।

सनसरीका दक्षिणी क्षेत्रमा रहेको अधिकांश गाविसमा बालबालिकाको विवाह गर्ने क्रम नरोकिएको समाचार संकलनका क्रममा गएका सञ्चारकर्मीसमक्ष खलखलले गरिबीका कारण आपू नाबालिका छोरीको विवाह गर्न बाध्य भएको बताएको आजको अन्नपूर्णमा समाचार छ ।

उनले छोरी प्रमिलाको विवाह गर्दा सप्तरी घर भएका ज्वाई प्रभु मरिकले पाँच हजार दिन राजी भएपछि छोरीको विवाह गरिदिएको सुनाए ।

१२ वर्षमा विवाह गरेको खलखल मरिकको छोरी प्रमिला अहिले १७ वर्ष पुगेकी छिन् ।  १२ वर्षमा बालविवाहको सिकार बनेकी प्रमिला दुई सन्तानकी आमा भइसकेककी छन् ।

उमेर नपुगी गर्भ बसेपछि प्रमिलाको पहिलो सन्तानको निधन भयो । उनले वर्ष दिनपछि अर्को सन्तान छोरा जन्माइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment