Comments Add Comment

आधुनिक ओलम्पिकका ९ तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ

Olympics-2016-(1)
२२ साउन, काठमाडौं । विश्व खेलकुदको महामेला ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलमा सुरु भएको छ । ब्राजिलको रियो दि जेनेरियो शहरमा शनिबार बिहान प्रतियोगिताको भव्य उदघाटन भएको छ ।

दक्षिण अमेरिकामा देखिएको जीका भाइरस र ब्राजिलको आन्तरिक राजनीतिक विवादकाबीच आयोजनाको बारेमा आशंका उब्जिएपनि ब्राजिलले रियोमा राजनीतिक कलह र जीका भाइरसको सन्त्रासबाट खेलाडीलाई मुक्त गर्ने प्रयास गरेको छ र धेरै हदसम्म सफल पनि भएको छ ।

ओलम्पिकको करीव १२० बर्षे इतिहासमा पहिलो पटक दक्षिण अमेरिकामा आयोजना हुन लागेको ग्रिष्मकालिन ओलम्पिक ब्राजिलको जाडो मौसममा पहिलो पटक आयोजना हुँदैछ ।

ओलम्पिकमा समावेश २८ खेलका ३०६ इभेन्टका लागि ११ हजारभन्दा बढी खेलाडी अहिले ब्राजिलमा छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा आवद्ध मुलुकका ओलम्पिक पदाधिकारी तथा खेल अफिसियलहरु पनि अहिले ब्राजिलमा भेला भएका छन् ।

नेपालबाट पनि पाँच खेलका साथ खेलाडी, प्रशिक्षक र अफिसियलसमेत गरी २७ जनाको टोली ब्राजिल पुगेको छ । नेपालका लागि सेभ द मिसनको रुपमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट ब्राजिल पुगेका छन् ।

सन् १८९६ मा पहिलोपटक ग्रिसको एथेन्स शहरमा आयोजना गरिएको पहिलो आधुनिक ग्रिष्मकालिन ओलम्पिक अहिलेसम्मको इतिहासमा ओलम्पिकको ९ तथ्य यसप्रकार उल्लेख गरिएको छ ।

१. ग्रिष्मकालिन ओलम्पिक पहिलो पटक शितकालमा

ओलम्पिकको इतिहासमै ग्रिष्मकालिन ओलम्पिक पहिलो पटक शितकालमा खेलिँदै छ । समर ओलम्पिक भएपछि ब्राजिलको अहिलेको मौसम विन्टर छ । ब्राजिलमा जुनको अन्त्यदेखि अगष्टको अन्त्यसम्म जाडो मौसम अन्त्य हुन्छ । पछिल्लो पटक सन् २००० मा आयोजना भएको ग्रिष्मकालिन ओलम्पिक अष्ट्रेलियाको जाडो मौसम सकिने बेला खेलाइएको थियो । प्रतियोगिता सेप्टेम्बरको अन्त्यमा आयोजना गरिएको थियो ।

२. ओलम्पिक सुरु हुनुभन्दा ६ महिना पहिल्यै स्पर्धा

यहाँ अष्ट्रेलियाको कुरा हुँदैछ । सन् १९५६ को ओलम्पिक अष्टे्रलियाको मेलवर्न र स्वीडेनको स्टकहोममा आयोजना गरिएको थियो । अष्ट्रेलियाको कठोर पशु क्वारेन्टाइन कानूनका कारण घोडचढी खेल प्रतियोगिताको आयोजनाभन्दा ६ महिना पहिले नै स्वीडिस सिटीमा खेलाइएको थियो ।

३. पहिलो आधुनिक ओलम्पिक खेल

आधुनिक ओलम्पिक खेलको सुरुवातको श्रेय फ्रान्सका पियरे डि कोवर्टिनलाई जान्छ । उनैले सन् १८९४ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी निर्माण गरे । त्यसको दुई बर्षपछि गि्रसको एथेन्समा पहिलो आधुनिक ओलम्पिकको सुरुवात गरियो, जहाँ ओलम्पिकको जन्म भएको थियो ।

४. आधुनिक ओलम्पिकका पहिला विजेता

६ अप्रिल १८९६ मा ट्रिपल जम्पमा स्वर्ण जितेका अमेरिकी खेलाडी जेम्स कोलोनी आधुनिक ओलम्पिकका पहिला बिजेता हुन् । ग्रिसको एथेन्समा आयोजित यस महामेलामा १४ मुलुकका २४१ खेलाडीले ४३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

५. ओलम्पिकमा पहिलो महिला सहभागिता

सन् १९०० मा फ्रान्समा आयोजित ओलम्पिक गेम्समा गल्फ र टेनिस खेल मार्फल पहिलो पटक महिला सहभागिता भएको थियो । यद्यपी ओलम्पिकको आधिकारिक वेबसाइटमा भने फिलेअल ब्रोही र मारी ओहनीरले क्रोक्वेट इभेन्टमा पहिलो महिला सहभागिता रहेको उल्लेख छ ।

६. झण्डा बोकेर गरिने परेड

सन् १९०८ को लण्डन ओलम्पिकदेखि पहिलो पटक यस्तो प्रयोग गरिएको हो । ओलम्पिक उदघाटन समारोहमा सबै खेलाडीले पहिलोपटक सम्बन्धित खेल पोसाक लगाएर आफ्नो मुलुकको झण्डा पछाडि परेड खेलाइएको थियो ।

७. पहिलो पटक ओलम्पिकमा डोपिङ परिक्षण

सन् १९६८ को मेक्सिको ओलम्पिकमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले उत्तेजक नशालु पदार्थ सेवन गरे नगरेकोबारे डोपिङ परिक्षण गर्ने निर्णय गरेको थियो । प्रतियोगिताको क्रममा आयोजना गरिएको डेापिङ परिक्षणमा ६६७ खेलाडीको नतिजा सकारात्मक पाइएको थियो । स्वीडेनका खेलाडी हान्स गन्नर लिल्जेन्वालको परिक्षणमा मदिरा सेवन पाइएको थियो र उनले एयरपेस्तोल स्पर्धाबाट जितेको काश्य खोसिएको थियो ।

८. ओलम्पिकको पहिलो फेयर प्ले अवार्ड

सन् १९६४ को टोकियो ओलम्पिकका दौरान सेलिङ खेल अन्तर्गत स्वीडिस दाजुभाइ लार्स गन्नर कल र स्टीग लेनार्ट कलले ओलम्पिक पदकको परबाह नगरी आफ्ना दुई प्रतिस्पर्धिलाई पानीमा डुब्नबाट बचाएका थिए ।

डुंगा पल्टिएर पानीमा डुवेका दुई अष्ट्रेलियन खेलाडीलाई उद्धार गरेर मानवताको प्रदर्शन गरे । उनीहरुले अष्ट्रेलियनलाई उद्धार गर्दा तेस्रो स्थानमा थिए तर खेल १२औं स्थानमा रहेर सकाए । यी दुई दाजुभाइलाई ओलम्पिक इतिहासमै पहिलो पटक आधिकारिक फेयर प्ले उपाधिबाट सम्मानित गरियो जहाँ उनीहरुले स्पोर्टसम्यानसीप स्पिरिट देखाएका थिए । त्यसपछि अहिलेसम्म यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

९. समर ओलम्पिकमा स्केटिङ खेलको सुरुवात

यो सही हो कि सन् १९०८ को लण्डन ओलम्पिकमा पहिलो पटक समर ओलम्पिकमा विन्टर इभेन्ट समावेश गरियो । महिला र पुरुष खेलाडीहरुले स्केटिङको एकल र युगल दुवै स्पर्धामा सहभागी भए । सन् १९२० को एन्टवर्प ओलम्पिकदेखि पहिलो पटक आइस हक्की खेलको पनि सुरुवात भयो ।

(एजेन्सीको सयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment