+
+
Shares

बलिउडमा सय करोड पारिश्रमिक लिने सलमान पहिलो नायक

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २३ गते १४:०७

salman khan in sultan sucess party

मुम्बई । एकसय करोड पारिश्रमिक लिएर बलिउडमा सलमान खान पहिलो महंगो कलाकार बनेका छन् । भारतीय मिडियाले उल्लेख गरे अनुसार चलचित्र ‘सुल्तान’वाट सलमानले कुल एकसय ६ करोड रुपैयाँ पाउने भएका छन् ।

यस चलचित्रमा काम गर्दा सलमानले कुनै पारिश्रमिक लिएका थिएनन् । निर्माण संस्था यशराज फिल्मससँग नाफाको आधा आधा बाँड्ने सहमति भएको थियो ।

अहिलेसम्म सुल्तानले भारतीय बजारमा २९८ करोडको कारोवार गरेको छ । फिल्मी पण्डितहरुले ३०० करोड पार हुने अनुमान गरेका छन् । ७० करोडमा बनेको सुल्तानको प्रचार प्रशार खर्च समेत जोड्दा जम्मा लागत ९५ करोड पुग्छ । फिल्मको टेलिभिजन राईट र ओभरसिज राइट पनि बिक्री भईसकेको छ । सबै हिसाब जोड्दा निर्माताको हातमा खर्च कटाएर २१२ करोड नाफा हात पर्छ भने सलमानले त्यसको आधा पाउनेछन् ।

सुल्तानको कमाई अरु धेरै हुने अनुमान गरिएको छ । जापान, जर्मन, पोल्याण्ड लगायतको देशमा प्रदर्शन हुनै बाँकी छ । ती मुलुकमा भएको कमाईको पनि आधा हिस्सा पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?