+
+

जितजंग बस्नेतले भने- नेविसंघ अध्यक्ष मै बन्छु

'उम्मेदवारी फिर्ता लिँदैन, सभापतिको साथ मलाई छ'

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २५ गते १३:४४

Jit-Jang-Basnet,-Nebisangh

२५ साउन, काठमाडौं । नेविसंघमा अध्यक्षका प्रबल दाबेदार जितजंग बस्नेतले संस्थापन पक्षको आधिकारीक उम्मेदवार आफूनै भएको बताएका छन् । उनले नेविसंघको अध्यक्ष आफू नै हुने दाबी पनि गरे ।

‘अहिले मेरोबारे बिभिन्न हल्ला फैलिएका छन् जुन सत्य होइनन्,’ बस्नेतले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘अध्यक्षको आधिकारिक उम्मेदवार मै हुँ र नेविसंघको अध्यक्ष हुने पनि मै हुँ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले नैनसिंह महरलाई अध्यक्षमा जिताउनुस्, जितजंगलाई म मनाउँछु भनेको कुरा सत्य नभएको उनले बताए ।

अनलाइनखबरसँग कुरा गर्दै देउवा निकट कांग्रेस नेता मिनबहादुर विश्वकर्माले देउवाले महरलाई अघि सारेको बताएका थिए ।

विश्वकर्माले आफूविरुद्ध भ्रम फैलाएको भन्दै बस्नेतले आक्रोश व्यक्त गरे । ‘जथाभावि बोलेपछि मिनबहादुर विश्वकर्माको राजनीतिक हाइट खस्कियो । उहाँप्रति नेविसंघका धेरै नेता-आक्रोशित छन्,’ उनले भने, ‘मैले उम्मेदवारी फिर्ता लिँदैन । पार्टी सभापतिको लाइन पनि मप्रति क्लियर छ ।’

महाधिवेशनस्थलमा नाराबाजी

शेरबहादुर देउवा पक्षबाट अध्यक्षमा बस्नेत र नैनसिंह महरले दाबी गर्दै आएका छन् । यसैगरी रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्य र कृष्णप्रसाद सिटौला पक्षबाट कुन्दन काफ्लेले अध्यक्षमा दाबी गर्दै आएका छन् ।

नेविसंघमा उम्मेदवार र प्रतिनिधिहरुको विवादले महाधिवेशनको बन्दसत्र सुरु हुन सकेको छैन । महाधिवेशन स्थल भृकुटीमण्डपमा छिटो बन्दसत्र सुरु गर्न माग गर्दै नेविसंघ कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् ।

नेविसंघको नौ वर्षपछि सुरु भएको एघारौं महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु भएको थियो ।

यो पनि पढ्नुस् 

खुमबहादुर खेमाका शुभरामले भने- देउवाले भने पनि छाडिन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?