Comments Add Comment

बिजुलीको मिटरबक्स पाउन अझै हैरानी

Bulb,-Bijuli२६ साउन, काठमाडौं । विद्युत प्राधिकरणले समयमै उपलव्ध गराउन नसक्दा उपभोक्ताले ५ वर्षदेखि नयाँ मिटरबक्स पाउन सकेका छैनन् ।

बर्सेनि थपिने नयाँ घरमा ठूलो संख्यामा नयाँ मिटरबक्स आवश्यक भए पनि प्राधिकरणको अकर्मण्यताका कारणले उपभोक्ताले हैरानी बेहोर्नुपरेको छ ।

प्राधिकरणका अनुसार देशभरका ९० वितरण केन्द्रमा तत्काल झन्डै ५ लाख बिजुली मिटर माग रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

प्राधिकरणले मागको आधारमा विजुली मिटर खरिद गर्न नसक्दा उपभोक्ताले विगत ५ वर्षदेखि नयाँ मिटर नपाएर हैरानी खेप्नुपरेको हो ।

०६८ मा प्राधिकरणद्वारा खरिद गरिएका ट्रान्सर्फमर प्रकरणमा भ्रष्टाचार गरेको भन्दै ५ दर्जनभन्दा बढी उच्च तहका कर्मचारी मुछिएपछि नयाँ मिटर खरिद हुन नसकि उपभोक्ताले सास्ती खेप्नुपरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment