२६ साउन, काठमाडौं । बिरामी सुत्केरीलाई उपचारका लागि काठमाडौं लैजान चार्टर्ड गरिएको हेलिकप्टर सोमबार दुर्घटना हुँदा सिर्दिवास २ का पाँचसहित सातजनाको मृत्यु भयो ।
बिरामीले उपचार पाउनु त पर, सातजानाले व्यर्थै जीवन गुमाउनुपर्यो ।
तीन दिनअघि गत शुक्रबार सिर्दिवास ९ न्याकमा लक्षेन्द्र गुरुङ र फुलमाया गुरुङलाई एक लाख ३० हजार खर्च गरेर हेलिकप्टर चार्टर्ड गरी काठमाडौं लगियो । आजको अन्नपूर्णमा समाचार छ ।
उनीहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
त्यसभन्दा केही दिनअघि सोही गाउँका दुई महिलालाई हेलिकप्टर चार्टर्ड गरी त्रिवि शिक्षण अस्पताल पुर्याइयो ।
१५ दिन काठमाडौंमा उपचार गर्दा २० हजार रुपैयाँ खर्च भएको विरामी को हेरचाह गर्न आएकी कुमारी गुरुङले बताइन् ।
त्यसभन्दा केही दिनअघि ल्हो गाविसका दुई घाइतेलाई पनि एक लाख ७० हजार रुपैयाँ भाडा तिरेर हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । केही दिनको उपचारपछि उनीहरु घर फर्किए ।
प्रतिक्रिया 4