+
+
Shares

दश वर्षअघि हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ८ सैनिकको सम्झना

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १२:५०

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ८ अधिकारीको सम्झनामा काठमाडौंस्थित अमेरिकी दूतावासले श्रद्धाञ्जलि सभा आयोजना गरेको थियो।
  • २०७२ को महाभूकम्पमा राहत कार्यका क्रममा दुर्घटनाग्रस्त भएको हेलिकप्टरले नेपाली र अमेरिकी सैनिकहरूको जीवन लिएर गएको थियो।
  • अमेरिकी र नेपाली सैनिकहरूको बलिदानलाई सम्मान गर्न र सम्झनाका लागि दूतावासले श्रद्धाञ्जलि व्यक्त गरेको छ।

२९ वैशाख, काठमाडौं । दश वर्षअघि भूकम्पपछि उद्धारमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका ८ अधिकारीको सम्झनामा काठमाडौंस्थित अमेरिकी दूतावासले श्रद्धाञ्जलि सभा गरेको छ ।

नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसनको उपस्थितिमा ५ अमेरिकी सैन्य अधिकारी र ३ जना नेपाली सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

२०७२ सालमा गएको ७.८ म्याग्निच्यूडको महाभूकम्पमा परेर करिब ९ हजार नागरिक मारिएका थिए । भूकम्पलगत्तै राहत र उद्धारका लागि विभिन्न मुलुकले सहयोग गरेका थिए । त्यसक्रममा उद्दारका लागि खटिएको अमेरिकी सेनाको हेलिकोप्टर दोलखा र सिन्धुपाल्चोकको सीमानामा पर्ने सिन्दूरे डाँडामा दुर्घटनाग्रस्त भएको थियो ।

भूकम्प प्रभावितहरुको उद्धार गर्न गएको यो हेलिकोप्टर सुनखानी क्षेत्रबाट सम्पर्कविहीन भएको थियो । काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘क्याप्टेन डस्टिन लुकासेविज, क्याप्टेन क्रिस्टोफर नग्र्रेन, सर्जेन्ट वार्ड जोनसन, सर्जेन्ट एरिक सिमन, कर्पोरल सारा मेडिना, लान्स कर्पोरल जेकब हग, मेजर तपेन्द्र रावल, र वारन्ट अफिसर प्रथम बसन्त तितरा — यिनीहरूले मानवताको सेवामा आफ्नो जीवन बलिदान गरे ।’

अगाडि भनिएको छ, ‘हामीले सधैँ यिनीहरुको सम्झना गरौं र उहाँहरुको विरासतलाई सम्मान गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?