Comments Add Comment

बाबुआमाबाटै सर्दछ क्यान्सर

vert_earth_cancer_evolution

वैज्ञानिकहरुका अनुसार उनीहरुले केही परिवारका धेरै सदस्यहरुमा विभिन्न खाले क्यान्सरको प्रकोप किन हुन्छ ? भन्ने कुराको कारण पत्ता लगाएको दाबी गरेका छन् ।

आनुवंशिक परीक्षणको माध्यमबाट यस्तो तथ्य पत्ता लागेको दाबी वैज्ञानिकहरुको छ ।

क्यान्सरमध्ये दुर्लभ तथा असाधारण मानिने सार्कोमाबाट ग्रसित ११ सय विरामीहरुमा गरिएको परीक्षणबाट पाइएको छ की यसमध्ये आधा भन्दा बढि विरामीहरु क्यान्सरको जोखिमलाई बढाउने उत्प्रेरित वंशाणुसाथ जन्मिएका हुन्छन् ।

शोधका क्रममा पाइएको छ की स्तन, गर्भाशय तथा आन्द्राको क्यान्सर भएका विरामीहरु ऋधिकांस वंशाणुको उत्परिवर्तनका शिकार भएका हुन्छन् ।

ल्यासेन्ट अन्कोलोजी पत्रिकामा छापिएको अध्ययन अनुसार वंशाणु उत्परिवर्तनका विषयमा भएको अनुसन्धान क्यान्सरको उपचारमा सहयोगी सावित हुनसक्छ ।

प्रमुख शोधकर्ता इयान जुडसनका लागि पुस्ता सम्बन्धका बारेमा अब नयाँ तरिकाले विश्लेषण गर्नुपर्ने भएको छ । धेरै क्यान्सर रोगीले जन्मिँदै आफ्ना बाबुआमाको वंशाणुबाट क्यान्सरजन्य वंशाणुहरु लिएर जन्मिएका हुने शोधकर्ताको निष्कर्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment