Comments Add Comment

नेविसंघ महाधिवेशनको बन्दसत्र आजबाट, शनिवार चुनाव

nebisang_bhrikutimandap

२७ साउन, काठमाडौँ । प्रतिनिधि विवाद मिलेसँगै नेपाल विद्यार्थी संघको महाधिवेशनको बन्सत्र आजदेखि सुरु हुने भएको छ ।

विवाद रहेका ११ जिल्लाका प्रतिनिधिलाई भागबन्डाका आधारमा मिलाएपछि अधिवेशन सुचारु हुने भएको हो । नेविसंघको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले  पत्रकार सम्मेलन गरी महाधिवेशन प्रतिनिधिमा देखिएको विवाद समाधान र बन्दसत्रका बारेमा जानकारी गराएको हो ।

आज बन्दसत्र सुरु हुने र निर्वाचनका लागि मतदाताको नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको छ । शुक्रबार मनोनयन दर्ता गरी २९ गतेमात्रै निर्वाचन हुने भएको छ ।

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घमा देखिएको महाधिवेशन प्रतिनिधिको विवाद मिलेपछि महाधिवेशनको प्रक्रिया बिहीबारदेखि सञ्चालन हुने समितिका संयोजक डा प्रकाशशरण महतले बताए । “समितिले आमरण अनशन बसेका विद्यार्थीको मागसमेत सम्बोधन हुने गरी विवादित ११ जिल्लाको महाधिवेशन प्रतिनिधिको विवाद लामो छलफल गरी टुङ्गो लगाएको छ” – उनले भने ।

समितिले विवादित जिल्लाका कार्यसमिति हाललाई थाती राखेर महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुङ्गो लगाएको हो । ती जिल्लामा निर्वाचनबाट आउने नयाँ केन्द्रीय समितिले तीन महिनाभित्र अधिवेशन गराउने सहमति भएको हो ।

निर्वाचन प्रक्रिया अगाडि बढाउन पार्टीले डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए) का अध्यक्ष भरतप्रसाद खरेलको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । एघार जिल्लाको महाधिवेशन प्रतिनिधि विवादका कारण यही साउन २३ गते महाधिवेशनको उद्घाटन भए पनि बन्दसत्र हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment