 
																			१९ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा रहेको संघमा अपारदर्शी क्रियाकलाप गरेको आरोप लगाएको छ ।
नेता डा.शेखर कोइराला पक्षधरले शुक्रबार विज्ञप्ति निकालेर ‘जय नेपाल कप’ आयोजना प्रति असन्तुष्टि जनाएको हो । कार्यसमितिमा छलफल नगरी ‘जय नेपाल कप’ आयोजना गर्न लागिएको असन्तुष्ट पक्षको विद्यार्थी नेता प्रेमिका रानामगरले बताइन् ।
जय नेपाल कपका गर्नका लागि संघका अध्यक्ष शेर्पाले सरकारी, गैरसरकारी संघसंस्था, व्यवसायिक क्षेत्र, क्याम्पस, विश्वविद्यालयहरुवाट अनैतिक रुपमा पैसा उठाएको उनले आरोप लगाइन्।
जय नेपाल कपको हवला दिदै मोटो रकम संकलन गर्न पत्र पठाउने, विभिन्न क्षेत्रका व्यापारी, स्कुल, क्याम्पसका सञ्चालक, विश्वविद्यालयका उपकुलपतिहरुसँग भेटघाट गरी पैसा संकलनका लागि दवाव दिने, धम्क्याउने गतिविधि गरिरहेको जानकारीमा आएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्।
शेर्पाले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तर्फ अग्रसर नभएको असन्तुष्ट पक्षले जनाएको छ । शेर्पाको नेतृत्वको कार्यकाल २ वर्ष ९ महिना पुग्दा समेत १२ औँ महाधिवेशन सम्पन्न गर्न तर्फ नेतृत्वको गतिविधि केन्द्रीत नभएको विज्ञप्तिमा लेखिएको छ ।
गतवर्ष जाजरकोटमा गएको भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिका-५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माण गर्ने जिम्मा संघले लिएपनि विद्यालय हाल सम्म अलपत्र रहेको जनाइएको छ ।
विद्यालय पुनः निर्माणका लागि तत्कालीन समयमा संकलित रकमको हिसाव समेत सार्वजनिक नगरि व्यक्तिगत खातामा राखेर रकम हिनामिना गरिएको आरोप लगाइएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
 
 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4