Comments Add Comment

अनौठो मानिस, जसलाई गर्मीमा जाडो हुन्छ, जाडोमा गर्मी

hot

भारतमा एक यस्ता मानिस छन् जसलाई चिसो मौसममा निकै गर्मी हुन्छ भने गर्मी याममा जाडोको महसुस हुन्छ ।

मानिसहरु जब ठण्डीयाममा चिसोका कारण कठ्यांग्रिएर नुहाउने कुरा सोँच्न पनि सकिरहेका हुँदैनन् तब सन्तलाल नामका ती पुरुषलाई दिनमा चिसो पानीले ३।४ पटक नुहाउनुपर्छ ।

ठण्डीयाममा बफर खेलाउन नपाए उनलाई चैन हुँदैन । जबसम्म बर्फ पग्लिँदैन, तबसम्म उनी बर्फमा लडिरहन्छन् ।
उता गर्मी महिनामा जिउमा कपडा लगाउन पनि गर्मी भएको बेलामा सन्तलाल भने सिरक तथा कम्बल नओडी सुत्न सक्दैनन्, जिउ चिसोले काँप्न थाल्दछ ।

अहिले ६० वर्षका भएका सन्तलालको सरीर बच्चैदेखि नै यसरी प्रकृतिको विपरित थियो । पछिल्लो ८ वर्षमा उनी एकपटक पनि बिरामी भएका छैनन् । मौसम विभागको उपनामले चर्चित बनेका सन्तलालको सरीर किन  प्रकृतिको नियम विपरित चलिरहेको छ भन्ने अचम्म लाग्छ ।

डाक्टरहरुका अनुसार मानिसलाई मस्तिष्कको थर्मोरेगुलेटरी प्वाइन्टले चिसो वा तातोको अनुभुति दिलाउँदछ । यसलाई थ्यालामस वा हाइपो थ्यालामसले नियन्त्रण गर्दछ । सायद मस्तिष्कको सोही भागमा कुनै गडबडी भएका कारण हुनसक्छ, सन्तलालले जाडोमा गर्मी र गर्मीमा जाडो महसुस गरेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment