Comments Add Comment

पाँच सय प्रतिशतले बढ्यो नेपाल बैंकको नाफा

nepal-bank-limited
२७ साउन, काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७२/७३ मा ३ अर्ब १ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ५२७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७१/७२ मा बैंकले ४८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले अचल सम्पत्ति बेचेर र संसावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटव्याक) गरेर नाफा बढाएको हो । बैंकले प्रकाशन गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार १ अर्ब ७३ करोड रुपैयाँ बराबरको अचल सम्पत्ति बिक्री गरेको छ भने ६२ करोड रुपैयाँ राइटव्याक गरेको छ ।

अघिल्लो वर्षको तुतलनामा बैंकले गत वर्ष सञ्चालन नाफा पनि बढाएको छ । गत वर्षको सञ्चालन नाफा २ अर्ब २१ करोड रुपैयाँ छ । जबकी अघिल्लो वर्ष ३८ करोड रुपैयाँ मात्रै संचालन नाफा थियो ।

गत वर्षको नाफामा कारण २०६० सालपछि नेपाल बैंकको वासलात पहिलो पटक सकारात्म (पोजेटिभ) भएको छ । अघिल्लो आर्थिक वर्षसम्ममा २ अर्ब ६३ करोड रुपैयाँ संचित नोक्सानमा रहेको नेपाल बैंक यस वर्ष ३८ करोड संचित कोषमा राख्न सफल भएको छ ।

गत वर्ष बैंकले ८९ अर्ब निक्षेप, ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको सेयर पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४६ रुपैयाँ रहेको, मूल्य आम्दानी अनुपात १० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment