Comments Add Comment

नेपालको पुनर्निर्माणमा थप सहयोग गर्न चीन तयार

chainese-toli
२७ साउन, काठमाडौं । नेपालको पुनर्निर्माणमा ठूलो सहयोग गर्दै आएको छिमेकी राष्ट्र चीनले थप सहयोग गर्न तयार रहेको बताएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीसँगको भेटमा चाइना इन्टिच्युट अफ कन्टेम्पररीका अध्यक्ष जी झोइले नेपालको पुनर्निमाणमा थप सहयोग गर्न चीन तयार रहेको जानकारी दिएका हुन् ।

झोइ नेतृत्वको टोलीले बुधबार साँझ सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमै आएर सीइओ ज्ञावालीसँग भेटघाट गरेको थियो । भेटका क्रममा चिनीयाँ टोलीले चीन सरकारले उपलब्ध गराएको सहयोगबाट पुननिर्माण हुने आयोजनाहरु बारे चासो व्यक्त गरेको थियो ।

नेपालको पुनर्निर्माणका लागि चीनले करिब ५० अर्ब रुपैयाँ उपलब्ध गराएको छ । चिनियाँ सहयोगमा रसुवा स्याफ्रुबेसी सडक, विद्यालय,अस्पताल, स्मार्ट भिलेज, प्राकृतिक सम्पदा लगायत बनाउने तयारी भइरहेको छ ।

चिनीयाँ टोलीले सरकार, निजी क्षेत्र र जनताको सामूहिक प्रयासबाट पुनर्निर्माणका कामहरु अघि बढ्न सक्ने भएकाले स्रोतको कमी हुन नदिन चीन सरकार थप सहयोग गर्न तयार रहेको बताएको हो ।

त्यसैगरी, पुनर्निर्माणको काम गर्दा नेपालको दीर्घकालीन विकासको ढोका खोल्ने अवसरका रुपमा अगाडि बढाउन सकिने भन्दै चिनीयाँ टोलीले यस कुरालाई ध्यानमा राखेर प्राधिकरणले ठूला आयोजनाहरुलाई एकैसाथ अघि बढाउन सुझाएको छ ।

यसअघि भएका सम्झौताहरुलाई कार्यान्वयन गर्दै अब हुने चिनियाँ राष्ट्रपति सी जीङ पीङको नेपाल भ्रमणका बेला पुनर्निर्माण तथा पुस्र्थापना सम्बन्धी थप सहयोगबारे पनि कुराकानी हुने जानकारी दिएको थियो ।

सो अवसरमा प्राधिकरणका सीइओ ज्ञावालीले नेपालको पुनर्निर्माण सही दिशामा अघि बढेको जानकारी गराउँदै अब भौतिक संरचनाहरु पुनर्निर्माणको चरणमा पुगेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment