२८ साउन, काठमाडौं । अष्ट्रेलियन ब्राण्डका उच्चस्तरीय वाइनहरु नेपाली बजारमा भित्रिएका छन् । फ्रेस फूड ट्रेडर्सले पहिलोपटक स्तरीय अष्ट्रेलियन वाइनलाई नेपाली बजारमा विक्री सुरु गरेको हो ।
कम्पनीले विभिन्न पाँच किसिमका अष्ट्रेलियन ब्राण्डका वाइनहरु बजारमा ल्याएको छ । प्लान्टाजेनिट, विलअवाइ पार्क, बायरन एण्ड हेरोल्ड, पियस स्टेट र भिक्टोरियन वाइन टेर्रा फेलिक्स ब्राण्डका फाइभ स्टार वाइन बजारमा भित्र्याएको हो ।
राजधानीको लैनचौरस्थित होटल मल्लमा बिहीबार एक भव्य समारोहकाबीच वाइनहरु सार्वजनिक गरिएको हो । नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइट, नेपाल उद्योग बाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणा, कम्पनीका ब्राण्ड एम्बेसडर रेश मरमठ्ठा लगायतले संयुक्त रुपमा सार्वजनिक गरे ।
स्वाद र गुणस्तरमा हिसावले यी ब्राण्डहरु अन्तर्राष्ट्रिय रुपमा परिचित भएकाले नेपाली उपभोक्ताले पनि अत्याधिक रुचाउने कम्पनीका सञ्चालक सुनिल शाहले बताए ।
कार्यक्रममा अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले आफ्नो देशबाट गुणस्तरीय वाइन नेपाल आएको भन्दै खुसी व्यक्त गरे । कम्पनीले नायक रेश मरहठ्ठालाई आफ्नो ब्राण्डका एम्बेसडर नियुक्त गरेको छ ।
प्रतिक्रिया 4