+

फिनिस लाइनमा लडिन् तर, टाउकोले स्वर्ण दिलायो

२०७३ साउन  ३२ गते १०:३८ २०७३ साउन ३२ गते १०:३८
फिनिस लाइनमा लडिन् तर, टाउकोले स्वर्ण दिलायो

Olympic-400M

अमेरिकी स्टार अलिसन फेलिक्सलाई पाचौंपटक ओलम्पिक स्वर्ण पदक जित्नबाट रोक्दै जिम्बाबेकी सोनी मिलरले महिला ४०० मिटर दौडमा स्वर्ण जितेकी छन् ।

२२ बर्षीया मिलरले लेन ७ बाट दौडँदा अन्तिममा केहि लडखडाउन पुगेकी थिइन् । उनले फिनिस लाइन डाइभ गर्दै पार गरिन् र निर्णायकले उनलाई स्वर्णको हकदार माने । उनको खुट्टा फेलिक्सको भन्दा पछाडि थियो । तरर, निर्णायकले टाउका अगाडि रहेको भन्दै उनलाई स्वर्ण दिने निर्णय गरे ।

मिटरले ब्यक्तिगत उत्कृष्ट टाइमिङ निकालिन् । उनले ४९.४४ सेकेण्डमा दूरी पूरा गरेको अफिसियल रेकर्ड छ । जवकी रजतमा चित्त बुझाएकी पूर्व च्याम्पियन फेलिक्सले ४९.५१ सेकेण्डमा दूरी पूरा गरेकी हुन् । जमैकाकी शेरिस्का ज्याक्सनले यस स्पर्धामा काश्य जितिन् ।

Olympic-400M-1

अमेरिकी धाविका फेलिक्सले रियोमा २०० र ४०० मिटर दौडमा बिजेता बन्ने अपेक्षा गरिएको थियो । तर उनी गोलिगाँठाको चोटका कारण सिजनको सुरुवातमा भएको छनौटमा अमेरिकी टिममा पर्न असफल भएकी थिइन् ।

फेलिक्स र रुडिसाजस्ता विश्व एथ्लेटिक्सका महान खेलाडी सहभागी स्पर्धाको फाइनल हेर्न ५६००० क्षमता भएको रंगशालामा दर्शकको उपस्थिति निक्कै निराशाजनक थियो । रंगशालामा मुस्किलले एक चौथाई समर्थक उपस्थित थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय