+
+
Shares

एकैपटक १२ सरकारी टोली बजार अनुगमनमा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३२ गते १०:३९
Bazaar aanugaman
फाइल फोटो

३२ साउन, काठमाडौं । आपूर्ति मन्त्रालयको नेतृत्वमा मंगलबारदेखि विशेष बजार अनुगमन सुरु भएको छ । १२ वटा टोली एकैसाथ बजार अनुगमनमा खटिएका छन् । बिहानैदेखि ४ वटा टोलीले काठमाडौंमा विभिन्न उपभोक्तासँग प्रत्यक्ष जोडिने व्यवसायिक स्थलहरुमा अनुगमन गरिरहेको छ । ८ वटा टोली पनि भर्खरै बजार अनुगमनमा गएको छ ।

बजारमा अस्वभाविक रुपमा भइरहेको मूल्यवृद्धि र अखाद्य मिसावटविरुद्ध सरकारले विशेष अनुगमन सुरु गरेको हो । यसअन्तरगत विशेषगरी दैनिक उपभोग्य वस्तुका ठूला विक्रेतादेखि खुद्रा विक्रेताहरुकोमा सरकारी अनुगमन टोली पुग्नेछ ।

आपूर्तिमन्त्री दीपक बोहोराले अनुगमन सुरु गर्नेबारे आइतबार उद्योगी ब्यवसायीहरुसँग छलफल पनि गरेका थिए । उद्योगीहरुले केही दिन अनुगमन रोकेर मौज्दातको विवरण लिन सरकालाई आग्रह गरेका थिए ।

मुख्य रुपमा बजारमा भइरहेको कालोबजारी, अद्याद्य वस्तुको विक्री वितरण, अस्वभाविक मूल्यवृद्धि, मिसावट, मिति नाघेका खाद्य पदार्थको विक्री वितरणर गुणस्तरहिनतालाई नियन्त्रण गर्नेगरी अनुगमन सुरु गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

उपभोग्य वस्तको गुणस्तरहिनता र जुनसकै बाहनामा भइहरकोे कालोबजारीलाई नरुत्साहति विशेष अनुगमन गर्न आपूर्ति मन्त्रालयले विभागलाई निर्देशन दिएको थियो । चाडपर्व नजिकिँदै गर्दा बजारमा अभावको कारण देखाउँदै मूल्य बढाउने क्रम तीव्र भएको छ । यसैकारण उपभोक्ताहरु निकै मारमा परेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ‘रिजल्ट दिन’ सचिवहरुलाई बोलाएरै निर्देशन दिएका थिए । त्यसपछि आपूर्ति मन्त्रालयले बजारमा अनुगमन बढाउन चासो देखाएको हो । सरकारले विभिन्न उद्योग, विक्रेता, व्यवपारी र गोदामलाई लक्षित गरेर अनुगमन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?