+
+

अवार्डमा साम्राज्ञीको वर्चस्व, अर्को बर्ष हुनेछ चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३२ गते १४:२६

samragi rajyalami

नव-नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका कारण अन्य नयाँ नायिकाहरु यो बर्ष छायामा परे । कारण, गतबर्षको फागुन अन्तिममा रिलिजमा आएको उनी अभिनित चलचित्र ‘ड्रिम्स’ले उनलाई यो बर्ष पनि उस्तै चर्चा दिलाइरहेको छ ।

गतबर्ष चलचित्रमा उनले गरेको कामका कारण चर्चा भएको थियो । यो बर्ष उनलाई अवार्ड थाप्दैमा भ्याई नभ्याई छ । यदि, सधै झै आयोजना भएका अवार्ड समारोह यो बर्ष पनि आयोजना भएको खण्डमा साम्राज्ञीको घरमा अवार्ड नै अवार्ड हुने देखिएको छ ।

श्रोतको भनाइलाई मान्ने हो भने असार १६ गते आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा पनि यी सुन्दरी प्रमुख दावेदार थिइन् । निकै कम अंकले पुरस्कार नायिका नम्रता श्रेष्ठको पोल्टामा गएको थियो ।

यसपछि आयोजना भएका ‘फान र डी सिने अवार्ड’मा अन्य नव-नायिकाले साम्राज्ञीलाई उछिन्न सकेनन् । हरेक अवार्ड समारोहमा आमासँगै पुग्ने गरेकी साम्राज्ञीलाई अर्को बर्ष भने चुनौती छ ।

यो बर्ष नव-नायिकाको रुपमा अवार्ड जितेकी उनलाई अर्को बर्ष नायिका विधामै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । ‘स्केप’ चलचित्रमा काम गर्दा खासै नाम नसुनिएका कलाकार प्रदिप खड्काले ‘प्रेमगीत’बाट खुबै चर्चा पाए । तर, उनको यो डेब्यू चलचित्र थिएन, जसकाकारण उनका लागि अवार्ड टाढा जस्तै बन्यो । यसैले नव-नायिका विधामा प्रतिस्पर्धा गर्नु र नायिका विधामा प्रतिस्पर्धा गर्नु धेरै नै फरक हो ।

यदि, भनेको समयमा छायांकन भएर भनेकै समयमा रिलिज भयो भने चलचित्र ‘ए मेरो हजुर २’ साम्राज्ञीका लागि अर्को बषृअवार्डमा प्रतिस्पर्धा गर्ने अर्को चलचित्र हुनेछ ।

चलचित्र असफल भएपनि कलाकारहरुको कामलाई अवार्डले चर्चामा ल्याइदिएका उदाहरण धेरै छन् । विवादस्पद, बाडिचुडी वितरण नगर्ने हो भने अवार्डले कलाकार र चलचित्र क्षेत्रलाई राम्रै फाइदा दिलाएका हुन्छन् । तर, नेपालमा अवार्डको गरिमा भने घट्दै गएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?