+
+
Shares

नवीकरण नगरेका ३ क्लिनिकमा शीलबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३२ गते १५:१९

Medical-ma-Shilbandi

३२ साउन, काठमाडौं । अनुमति पत्र नवीकरण नगरी काठमाडौंमा सञ्चालित तीनवटा फार्मेसी तथा क्लिनिक सरकारले बन्द गराएको छ ।

सरकारको विशेष अनुगमन टोलीले काठमाडौं सिनामंगलका २ क्लिनिक र एउटा फार्मेसीमा शील गरेको हो ।

सिनामंगलमा रहेको ज्ञानगंगा फार्मेसी, एमएभी पोलीक्लीनिक र सिनामंगल हेल्थकेयरलाई अनुगमन टोलीले शील गरेको आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

सिनामंगल क्षेत्रमा आजमात्रै ८ वटा स्वास्थ्य संस्थामा विभागको टोलीले अनुगमन गरेको थियो । तर, सरकारसँग लिएको अनुमति नै नवीकरण नगरी सञ्चालन गरेको पाइएपछि बन्द गराइएको श्रेष्ठले बताए ।

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्नेले सरकारसँगको अनुमति नवीकरण नगर्नु दण्डनीय हो’, श्रेष्ठले भने, ‘यस्ता संस्थाहरु बन्द गराएर आवश्यक कारवाही सुरु भएको छ ।’

ज्ञानगंगा फार्मेसीले २ वर्षदेखि अनुमति नवीकरण गरेको थिएन भने एमएभी पोलीक्लीनिकको अनुमतिको म्याद एक वर्ष अघि नै सकिएको थियो । सिनामंगल हेल्थकेयरको अनुमति नवीकरण नभएको ८ महिना बितेको थियो । ‘सरकारले तोकेका मापदण्ड पूरा गर्न नसकेपछि नवीकरण गरिँदैन’, श्रेष्ठले भने ।

सरकारको अनुगमन टोलीले आजै सोह्रखुट्टेस्थित चिकेन हाउसबाट फोहर मासु बरामद गरी नष्ट गरेको छ ।

सोमबारमात्रै प्रधानमन्त्री प्रचण्डले बजारको प्रभावकारी अनुगमन गर्न र कालोबजारी नियन्त्रण गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?