१ भदौं, काठमाडाैं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले आज चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय समयअनुसार विबहान साढे १० बजे चिनियाँ प्रधानमन्त्रीसँग महराको भेट हुनेछ ।
उपप्रधानमन्त्री महराले मंगलबार चिनियाँ विदेशमन्त्री याङ यीसँग भेटवार्ता गरेका थिए । महराले विदेशमन्त्री यी मार्फत राष्ट्रपति विद्या भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिएका थिए । सो अवसरमा दुई नेताबीच आपसी हित, द्विपक्षीय सहयोगका विषमा छलफल भएको थियो ।
तीन साताअघि प्रचण्ड नेतृत्वमा कांग्रेस माओवादीको गठबन्धन सरकार बनेयता नेपालका तर्फबाट उत्तरी छिमेकी चीनमा भएको यो पहिलो उच्चस्तरीय सरकारी भ्रमण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4