+
+

नवीनले ल्याए ‘उभिएर एक्लै’

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १ गते १८:११

Nabin-Prachin,-Uviyara-Eklai

काठमाडौं । युवा कवि नवीन प्राचीनको पहिलो कविताकृति ‘उभिएर एक्लै’ पाठकमाझ आएको छ ।

राजधानीको मण्डला थिएटरमा बुधबार आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरियो । कृतिमा सबै कविताको अंग्रेजी अनुवाद पनि राखिएको छ । कविताहरूको अनुवाद बलराम अधिकारीले गरेका हुन् ।

कृतिमाथि टिप्पणी गर्दै कवि तथा समीक्षक संगीत श्रोताले नवीनको कविता पढ्दा विचलनको लागि खुट्टा उचालेको पाइने बताए । उनले विचलनलाई चलनचल्तीको भाषा र विचारभन्दा फरकपन रहेको भनेर अर्थ्याए ।

कवितालाई सीमित मान्छेले मात्र मतलब गर्नुको कारण खुलाउने क्रममा एक पश्चिमा विद्वान्को भनाइ उद्धृत गर्दै संगीतले धेरैभन्दा धेरै मान्छेसँग संवाद गर्ने कविताको कला विकास गर्न बहस गर्नुपर्नेमा जोड दिए ।

कविलाई नजिकबाट चिनेका प्रकाश आङदेम्बेले नवीनको चिन्तनशीलतादेखि झापामा भुटानी शरणार्थीको अस्तित्वको खोजीसम्मका किस्सा सुनाए । ‘नवीनका कवितामा सोच्ने तरिकामा नयाँ कुनो भेटिन्छ,’ उनले भने, ‘अधिकांश कविताहरू जीवन र वस्तुबोधी छन् ।’

कविताहरूको अंग्रेजी अनुवाद गरेका अधिकारीले कविको गल्ती स्वीकार्य भए पनि अनुवादकको गल्ती क्षम्य नहुने भन्दै अनुवाद कर्मको चुनौतीबारे चर्चा गरे । उनले सुरुमा डर भए पनि नवीनका कविताहरू मन परेपछि डर र समय हराएर चार महिनामै सबै कविताको अनुवाद गरेको बताए ।

कार्यक्रममा कवि तथा कथाकार उपेन्द्र सुब्बाले पनि मन्तव्य राखेका थिए भने कविहरू चन्द्रवीर तुम्बापो र ज्योति भट्टराईले लोकार्पित कृतिको कविता वाचन गरेका थिए । कृतिको प्रकाशन रत्न पुस्तक भण्डारले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?