+
+
Shares

डिडिसीमै भेटियो १ लाख किलो म्याद नाघेको पाउडर दूध

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७३ भदौ १ गते १९:११
milk-pouder
फाइल फोटो

१ भदौ, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)को बालाजुस्थित प्रशोधन केन्द्रमा उपभोग्य म्याद गुजि्रएको ४ हजार बोरा अर्थात १ लाख किलो पाउडर दूध भेटिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा १ लाख किलो पाउडर दूधको बोरमा रि-लेभलिङ गरिएको भेटिएको हो ।

पहिलो राखिएको लेभलअनुसार पाउडर दूधको मिति नाघिसकेको देखिएकाले बालाजुस्थित प्शोधन केन्द्रमा शीलबन्दी गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । ‘प्याकेट दूधमा मिसाइने पाउडर दूधको म्याद नाघेको भेटाएको हो’ श्रेष्ठले भने, ठूलो परिणाममा भएकाले प्रयोग नहोस् भनेर शील गरेका हौं ।’

टोलीले पाउडर दूधको नमूना पनि लिएर आएको छ । परीक्षणबाट यो उपभोग गर्न अयोग्य ठहरिए यसलाई नष्ट गरिने उनले बताए ।

दूधको सुख्खा याम मानिने हिउँदमा प्याकेट दूधका लागि पाउडरको प्रयोग हुन्छ । त्यसका लागि मिति गुजि्रएको बोरामा नयाँ एक्पायरी डेट राखेर लेभल टाासिएको हुन सक्ने अनुगमन टोलीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?