Comments Add Comment

नरगिसको क्रेडिट कार्डबाट कसले गर्‍यो ६ लाखको सपिङ ?

nagris fakri
बलिउड नायिका नरगिस फखरीको करिअर खासै गतिलो चलिरहेको छैन । उनी नयाँ चलचित्र ‘बेन्जो’को प्रमोशनका लागि यतिबेला मुम्बइमा छिन् ।

उनै नरगिस यतिबेला एक घटनाले चर्चामा छिन् । नरगिसको क्रेडिट कार्डबाट एक व्यक्तिले ६ लाखको सपिङ गरेका छन् । यो ट्रान्जिक्सन सोमबार भएको हो । जब यो बिषयमा यी नायिकाले थाहा पाइन्, उनले तुरुन्त प्रहरीमा उजुरी हालेकी छिन् । जतिबेला उनको मोबाइलमा म्यासेस आयो तब मात्र नरगिसले क्रेडिट कार्ड प्रयोग भएको थाहा पाइन् ।

अमेरिका रहँदै आएका एक व्यक्तिले नरगिसको कार्ड ब्लक गरेर बैंकमा जानकारी गराएपछि मात्र नरगिसले प्रहरीमा उजुरी हालेकी हुन् । यो कार्ड प्रयोग गर्ने व्यक्तिले नरगिसको कार्डको डिटेल कपी गरेर त्यसको एक फर्जी कार्ड बनाएका थिए ।

यो कार्डबाट १४ पटक ट्रान्जेक्शन भएको देखिएको छ । जसबाट ९ हजार ६२ डलर खर्च भएको छ । प्रहरीले अहिले यसको छानविन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment