Comments Add Comment

‘ब्रासलेट’ चुनौतीः रमेश, केशव र निर्मलका लागि चल्नैपर्छ

rajani and ramesh in braslet
भदौ १७ गते तीजको बिदाको मौका छोपेर रिलिज हुन लागेको चलचित्र ‘ब्रासलेट’ले ‘यूनिभर्सल सर्टिफिकेट’ पाएको छ । चलचित्रलाई सेन्सर बोर्डले सबैले हेर्न मिल्ने गरि सर्टिफिकेट चलचित्रलाई दिएको छ ।

चलचित्र पारिवारिक कथामा निर्माण भएको छ, जसको एक लोक शैलीको गीत अहिले चर्चामा छ । यो मितिमा अन्य २ चलचित्र पनि रिलिज हुँदैछन् । तर, केही दिनको बिदाका कारण व्यापारमा उत्कृष्ट चलचित्रले नै उछिन्ने पक्का छ ।

१२ बर्षपछि खोलो पनि र्फकन्छ भनेजस्तै, नायक रमेश उप्रेती चलचित्र पर्दामा फर्किएका छन् । चलचित्र क्षेत्रबाट हराएर फेरि फर्किएका नायकहरुको करिअर सुखद नै बनिरहेको छ । यसैले, रमेशको कमब्याकलाई लिएर अहिले चर्चा परिचर्चा खुबै छ ।

रमेश उप्रेतीका लागि यो चलचित्र चल्नैपर्ने देखिन्छ । कारण, रमेशको यो चलचित्रको व्यापार हेरेरै उनीमाथि लगानी गर्नेहरुको मनस्थिती बदलिने पक्का छ ।

निर्माता केशव भट्टराइले ‘सो सिम्पल’बाट गुमाएको ठूलै लाख रुपैयाँ यसबाट उठाउनु पर्नेछ । सफल निर्माताको रुपमा दहरिएका केशव लगातार चलचित्र असफल भएर असफल निर्माताको रुपमा दहरिन चाहन्नन् । जसकाकारण, निर्माताका लागि त यो चलचित्र चल्नैपर्छ ।

पहिलो चलचित्र ‘चकलेट’ निर्देशन गरेर असफल भएका निर्मल शर्माका लागि निर्देशनमा सफल हुन यो चलचित्र चल्नुपर्छ । निर्मल टेलिभिजनमा सफल कलाकार हुन् । तर, उनको निर्देशकिय पाटोलाई व्यवसायिक रुपमा ढाल्ने काम ‘ब्रासलेट’ले गर्नेछ भन्ने विश्वास धेरैको छ ।
नायिका रजनी केसी, नम्रता सापकोटाका लागि पनि चलचित्रको व्यापार महत्वपूर्ण छ । तीजमा महिलाहरुको कथाले महिलाहरुको मन छुन्छ भनेरै यसको डेट सोही मितिमा तोकिएको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment