Comments Add Comment

युवती बेच्न खोज्नेलाई १० वर्ष कैद र ५० हजार जरिवाना

२ भदौ, चितवन । मानव बेचबिखन तथा ओसार पसारमा संलग्न एक व्यक्तिलाई चितवन जिल्ला अदालतले दश वर्ष कैद र पचास हजार रुपैयाँ जरिवाना फैसला गरेको छ ।

Akala tamang (1)गएको जेठ १३ गते वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनि झुक्याई बेचबिखनको लागि भारततर्फ लगेको अवस्थामा पक्राउ परेको सिन्धुपाल्चोक बराम्ची गाविस ६ बस्ने वर्ष ३६ का आकल तामाङलाई दश वर्ष कैद र पचास हजार रुपैयाँ जरिवाना गरेको हो ।

न्यायाधीश नारायण सुवेदी एकल इजलासले उक्त फैसला गरेको जिल्ला अदालत कार्यालय चितवनले जनाएको छ ।

मध्यपुर ठिमीमा गलैंचा कारखानामा काम गर्ने क्रममा चिनजान भएकी एक युवतीलाई एक रुपैयाँ खर्च नगरी बैदेशिक रोजगारीको लागि कुवेतमा पठाइदिन्छु र राम्रो कमाई हुन्छ भनेर भारत तर्फ बेच्न लगेको तामाङले स्वीकार गरेका छन् ।

मानव बेचबिखन तथा ओसार पसार कार्य रोकथाममा सक्रिय साना हातहरु नेपाल नामक संस्थाका प्रतिनिधि र ड्उटीमा खटिएका प्रहरी कर्मचारी समेतले जाँच गर्दा उनलाई पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment