+
+

प्रधानमन्त्री प्रचण्डको सम्भावित भारत भ्रमण सेप्टेम्बरमा !

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २ गते १३:४०

Pushpakamal-Dahal-Prachanda,-PM-of-Nepal

२ भदौ, काठमाडौं । प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा गएका छन् ।

निधि बिहीबार अपराहृन दिल्ली प्रस्थान गरेका हुन् । दिल्ली बसाईका क्रममा निधिले राष्ट्रपति विद्या भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जीलाई पठाएको नेपाल भ्रमणको निम्तोपत्र दिनेछन् ।

साथै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण बनाउन पहल गर्ने निधिले बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सम्भवत आगामी सेप्टेम्बरमा हुनसक्छ ।

आफ्नो भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे समेत छलफल गर्ने उनले बताए ।

आफ्नो भारत भ्रमणको उद्देश्य नेपाल भारतको सम्वन्ध अझ सुमधुर बनाउनु भएको उनले बताए ।

प्रधानमन्त्रीका विशेष दूत निधिले दिल्लीमा शुक्रबार र शनिबार उच्चस्तरीय भेटवार्ता गर्नेछन् । यसक्रममा २०६२/६३ को आन्दोलनको समयमा नेतृत्वमा रहेका भारतीय नेताहरुसँग पनि भेट्ने र यसले पनि सम्वन्ध सुधारमा सहयोग गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?