+
+

कस्तो हो दया र प्रियंकाको बोन्डिङ, के एकले अर्कालाई फिल्ममा सिफारिश गर्छन् ?(भिडियो समाचार)

'वीर विक्रम'मा प्रिमियरमा नायिकाको पहिरन प्रतिस्पर्धा यस्तो देखियो

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २ गते १७:५४

daya priyaka and renasha
केही महिना ब्रेक भएको अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’ आजबाट हामीले फेरि सुरुवात गरेका छौ । अब शनिबार बाहेक हरेक दिन ‘मनोरञ्जन भिडियो समाचार’ अनलाइनखबरमा प्रस्तुत हुनेछ ।

नेपाली मनोरञ्जन क्षेत्रमा हुने गरेका घटनालाई समाचार, गसिप, कुराकानीमा आधारित बनाएर हामीले ‘मनोरञ्जन भिडियो समाचार’ तयार पार्नेछौ ।

आजको ‘मनोरञ्जन भिडियो समाचार’मा नायक दयाहाङ राई र नायिका प्रियंका कार्कीको सम्बन्धको कुरा खुलाउनेछौ । दयाहाङ र प्रियंकालाई चलचित्रमा लिएको खण्डमा निर्माताले छुट्टा-छुट्टै पारिश्रमिक दिनु पर्दैन भन्ने चर्चा चलचित्र क्षेत्रमा छ । के यी दुइले एकले अर्कालाई चलचित्रमा पारिश्रमिक कम लिने भन्दै सिफारिश गर्छन् ? दयाहाङले अनलाइनखबरसँग यसको सत्यता खुलाएका छन् ।

साथै, चलचित्र ‘वीर विक्रम’ प्रिमियरमा नायिकाको पहिरन प्रतिस्पर्धा पनि आजको भिडियो समाचारमा प्रस्तुत छ । नायिका हर्षिका श्रेष्ठ बिहेपछि मोटाएकी छिन् । कतै उनी खुशीको खबर दिने तयारीमा त छैनन् ? यसका साथै अन्य विभिन्न बिषय समावेश गरिएको आजको रमाइलो ‘मनोरञ्जन भिडियो समाचार’ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?