३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रवाहकै माध्यमद्वारा जनतामा सुशासनको अनुभूति दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय सूचना दिवसको यो अवसरमा विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सबै निकायले सूचनाको हक सम्बन्धी कानूनले निर्दिष्ट गरेको दायित्वलाई पालना गर्न सबैको ध्यान जानुपर्ने उल्लेख गरेका छन् ।
विज्ञप्तीमा सूचनामा नागरिकको सहज पहुँच पुर्याउन, नागरिकको सूचनाको हकको सम्मान गर्न, कानूनले निर्दिष्ट गरेकै अवधिभित्र सूचना मागकर्ता नागरिकलाई सूचना दिन, सूचना माग र प्रवाहको अलग्गै अभिलेख राख्नेगरी सार्वजनिक निकायले काम गरे राष्ट्रिय सूचना दिवस मनाएको सार्थकता हुने उल्लेख गरिएको छ ।
सूचनाको हक सम्बन्धी कानून लागू भएको नौ वर्ष पूरा भई दश वर्ष प्रवेश गरेको अवसरमा आज राष्ट्रिय सूचना दिवस मनाइँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4