Comments Add Comment

चकलेटी र काश्मिरी स्याउ ! खान अयोग्य त छैन ?

Apple३ भदौ, काठमाडौं । भनिन्छ, एक दिनमा एउटा स्याउ खानु भयो भने डाक्टरलाई टाढै राख्छ र दिर्घजीवन दिन्छ ।

अझ अहिले त स्याउको सिजन नै हो, कसलाई मन नहोला र स्याउ खाने ? तर,   तपाईंले खाने स्याउ कस्तो गुणस्तरको हो भनेर कहिल्यै ध्यान दिनु भएको छ ?

यसमा ध्यान पुगेन भने त्यसले तपाईंको शरीरलाई असर गर्न सक्ने विज्ञहरु बताउँछन् । हेर्दा चम्किलो र खाउँ-खाउँ लाग्ने स्याउ किन्नु अघि केही कुरामा ध्यान दिनैपर्छ ।

पछिल्लो समयमा भारतीय बजारबाट आएका चकलेटी र काश्मिरी स्याउ किन्दा ध्यान दिनु पर्ने सुझाव छ । यसमा अत्याधिक मात्रामा स्याकरिन मिसाइएको हुन सक्ने विज्ञहरु बताउँछन् ।

स्याकरिन आफैंमा ठूलो हानिकारक वस्तु नभएपनि त्यसको मात्रा अनियन्त्रित हुँदा रोगी र अस्वस्थ व्यक्तिलाई हानी गर्न सक्छ । स्वस्थ व्यक्तिमा पनि स्याकरिन गरिएका स्याउ धेरै खाएका विभिन्न स्वास्थ्य समस्याहरु देखिनसक्छ ।

कसरी चिन्ने स्याकरिन स्याउ ?

राष्ट्रिय उपभोक्ता मञ्च, नेपालका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार अत्याधिक मात्रामा स्याकरिन मिसाइएको स्याउ अस्वाभाविक रातो हुन्छ । विशेषगरी चकलेटी र काश्मिरी स्याउमा यस्तो गरिन्छ । नेपालमा उत्पादन गरिएका स्याउमा भने स्याकरिन प्रायः गरिँदैन ।

syakarin-aaple
तस्वीरः प्रेमलाल महर्जन

यस्तो स्याउ हेर्दा चम्किलो पनि हुन्छ । तर, यसलाई काट्दा गाढा रातो झोल पदार्थ निस्कन्छ । यस्तो स्याउ काट्नासाथ भित्रि सेतो भागमा हल्का रातो रंग देखिन्छ । साथै यसमा अन्यमा भन्दा बढी रस (पानी) आउँछ ।यो देख्दा आकर्षक मात्र हुँदैन, खाँदा उत्तिकै स्वादिलो र गुलियो पनि हुन्छ ।

स्याकरिन गरिएका स्याउ स्वभाविक भन्दा फरक प्रकृतिको हुन्छ । किन्ने समयमा काटेर हेर्दा नै यसलाई चिन्न सकिन्छ । त्यसैले चकलेटी स्याउ किन्दा एकपटक स्याउ काटेर हेरेर मात्रै किन्न सुझाव दिन्छन् अध्यक्ष महर्जन ।

के हो स्याकरिन ?

स्याकरिन चिनी भन्दा ३ सय गुणा बढी गुलियो पदार्थ हो । यो प्रतिवन्धित पदार्थ नभएपनि यसको अनियन्त्रित प्रयोग भने घातक हुन्छ । विशेषगरी मधुमेह, उच्चरक्तचाप लगायतका समस्या भएकाहरुलाई यसको उच्चतम् प्रयोगले स्वास्थ्यमा थप असर गर्ने अध्यक्ष महर्जनले बताए । बिरामीले प्रयोग धेरै गर्ने स्याउ प्रयोग गर्दा थप अस्वस्थता बढ्न सक्ने उनको भनाइ छ ।

स्याउमा इन्जेक्समार्फत स्याकरिन गिरन्छ । महंगो स्याउलाई थप स्वादिलो बनाउन यो प्रविधि उपयोगी मानिन्छ । तर, भारतीय क्षेत्रमा यसको वैज्ञानिक जाँच र मापदण्डबिना यो प्रविधिक प्रयोग गरिने भएकाले यो हानीकारक हुनसक्ने देखिएको छ । यसलाई नियनत्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने महर्जनले बताए ।

‘वेक्स्ड’ स्याउबाट बच्नुहोस्

बजारमा अत्याधिक स्याकरिन गरिएका स्याउ मात्रै होइन, वेक्स्ड स्याउहरु भेटिन्छन् । विशेषगरी स्याउलाई चम्किलो देखाउन वेक्स गर्ने गरिएको छ ।

waxed-appleचम्किलो स्याउमा सबैैको आँखा तुरुत्तै जाने भएकाले यो प्रकारको प्रविधिक अपाउने गरेको पाइन्छ । चम्किलो बनाउन मैन तथा मैन्जन्य पदार्थको झोलमा स्याउलाई डुबाएर निकली बजारमा पठाइन्छ । उपभोक्ता त्यसलाई देखेर आकषिर्त पनि हुन्छ ।

तर, त्यसको अत्याधिक प्रयागले प्रयोगकर्तालाई बेफाइदा मात्रै गर्छ । त्यसैले ज्यादा चम्किलो स्याउ सकेसम्म किन्दै नकिन्नु बुद्धिमानी हुन्छ भने किनेर घर लगेपछि हलुका तातो पानीमा डुबाउँदा मैन पग्लिएर छुटिन्छ । त्यसपछि भने स्याउ खान योग्य हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment