Comments Add Comment

नेविसंघ प्रवक्ताको जिम्मेवारीबाट लामिछाने अलग

३ भदौ, काठमाडौं । नयाँ नेतृत्व चयनसँगै नेपाल विद्यार्थी संघको प्रवक्ताको जिम्मेवारीबाट यूपी लामिछाने अलग भएका छन् ।

UP-Lamichhaneनेविसंघको एघारौं महाधिवेशनबाट शेरबहादुर देउवा पक्षका नैनसिंह महर अध्यक्षमा निर्वाचित भएका छन् । कार्यसमितिका अधिकांश पदमा देउवा पक्षकै धेरै चुनिएका छन् । लामिछाने भने रामचन्द्र पौडेल पक्षका मानिन्छन् ।

‘हाम्रो निकै प्रयास रहँदा रहँदै पनि केही महत्वपूर्ण शैक्षिक मुद्दा निस्कर्षमा पुर्‍याउन नसकेकोमा क्षमा माग्दै स्ववियु चुनाव गराउन नसकेको तितो अनुभव लिएर नेपाल विद्यार्थी संघको जिम्मेवारीबाट विदा भएको छु,’ लामिछानेले भने ।

निकै संघर्ष र चुनौतिपूर्ण तरिकाले महाधिवेशन सम्पन्न गरे पनि स्ववियु चुनाव गराउन नसकेको र केही शैक्षिक मुद्दालाई निष्कर्षमा पुर्‍याउन नसकेकामा उनले क्षमा पनि मागेका छन् ।

लामिछानेेले एघारौं महाधिवेशनबाट चुनिएको नयाँ कार्यसमितिलाई बधाई दिँदै महाधिवेशन सम्पन्न गर्न सघाउने पत्रकार, पार्टी नेतृत्व लगायत सबैप्रति आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment