Comments Add Comment

३८ वर्षकी महिलाका ११ बच्चा, १५ वर्ष कान्छो युवकसँग बिहे

11-children-mother-marriage

काठमाडौं । प्रेममा अन्धो बन्ने मानिसहरुको कमी छैन यो दुनियाँमा । रुसको साइबेरियाकी एक महिला यस्तै छिन् । जसले एक पछि अर्को गर्दै पुरुषहरुसँग प्रेम गर्ने, बिहे गर्ने र बच्चा जन्माउने कारखाना नै सञ्चालन गरेकी छिन् ।

३८ वर्षकी तातियाना नामकी महिलाका यसअघिका लोग्नेहरुबाट ११ जना बच्चा जन्मिसकेका छन् । अहिले उनी २३ वर्षका एगन गोलुस्कोवा नामका युवासँग रोमान्समा छिन् ।

उनका यसअघिका पछिल्ला लोग्नेले धेरै रक्सी पिउने गरेपछि उनले डिभोर्सका लागि अदालतमा निवेदन दिइछन् । तर अदालतले बेरोजगार महिलाले ११ जना बच्चा पाल्न नसक्ने भन्दै सम्बन्ध विच्छेद गरिदिन अस्विकार गर्यो । त्यसपछि उनले एक वर्कशपमा कुकको काम गर्न थालिन् र त्यसैक्रममा एगनसँग चिनजान भयो र प्रेम भयो ।

सुरुमा त उनले आफ्ना ११ जना बच्चाको बारेमा प्रेमीलाई बताएकी थिइनन् । तर एकदिन फिल्म हेर्न जाने बहानामा उनले प्रेमीलाई आफ्ना ११ जना बच्चाको बारेमा जानकारी मात्र गराइनन् भेटघाट समेत गराइन् । आफ्नी प्रेमिकाका ११ जना बच्चा देख्दा सुरुमा त एगन आत्तिए र डराए पनि । तर अन्त्यमा उनले धैर्य कायम राख्दै ती महिलासँग बिहे गर्ने निधो गरे ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment