+
+

स्थानीय तहको पुनर्संरचनाबारे कांग्रेसको अन्तर्क्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ५ गते ११:३७

Congress Leader

५ भदौ, काठमाडौं । स्थानीय तहको पुनर्संरचनाबारे पार्टीको धारणा बनाउन नेपाली कांग्रेसले आयोजना गरेको छलफल तथा अन्तर्क्रिया राजधानीमा सुरु भएको छ । छलफल कार्यक्रममा जिल्ला सभापतिहरुका साथै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुको समेत सहभागीता छ ।

कार्यक्रमको कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँबानेश्वरस्थित एक पार्टी प्यालेसमा उदघाटन गरे ।

सोमबारसम्म चल्ने कार्यक्रमबाट स्थानीय तहको पुनर्संरचनाबारे पार्टीको ठोस धारणा बनाउने नेपाली कांग्रेसले जनाएको छ । पार्टीका जिल्ला सभापतिहरुसँग सुझाव लिएर एकीकृत र आधिकारिक धारणा बनाइने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न गठित आयोगले प्रस्ताव गरेको स्थानीय तहको संख्यामा कांग्रेस असन्तुष्ट छ ।

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले स्थानीय तहको संख्या ५६५ प्रस्ताव गरेको छ । तर, यो संख्या निकै कम भएकाले भन्दै बढाउनुपर्ने कांग्रेसको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?