+
+

वैशाखमा सेयर बजारबाट संकलित पुँजीगत लाभकर २५ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १०:१४

१० जेठ, काठमाडौं । धितोपत्र दोस्रो बजारबाट वैशाख महिनामा कुल ३६ करोड २७ लाख ४२ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।

सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार वैशाख महिनामा संकलित पुँजीगत लाभकर चैतको तुलनामा २४.९ प्रतिशत कम हो । चैत महिनामा ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

वैशाख महिनामा कुल ५४ अर्ब ९१ करोड रुपैयाँ बराबरको धितोपत्र दोस्रो बजारबाट कारोबार भएको छ । सो कारोबारका क्रममा लगानीकर्ताले नाफा लिएर बेचेको धितोपत्रबाट ३६ करोड २७ लाख कर संकलन भएको हो ।

बजारमा हुने धितोपत्र कारोबारमा नाफाबाट दीर्घकालीन लगानीकर्ताले ५ र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ । १ वर्षभन्दा कम समय सेयर होल्ड गरेर बेच्दा नाफाबाट ७.५ प्रतिशत तथा १ वर्षभन्दा बढी अवधि सेयर होल्ड गरेर बेच्दा नाफा रकमबाट ५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ ।

वैशाख महिनामा अल्पकालीन कारोबारीबाट १८ करोड ४३ लाख ६१ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ भने दीर्घकालीन लगानीकर्ताबाट ११ करोड ४३ लाख ७१ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै संस्थागत लगानीकर्ताबाट ६ करोड ४० लाख रुपैयाँ संकलन भएको छ । अल्पकालीन कर धेरै उठ्नुले धितोपत्र बजारमा १ वर्षभन्दा कम अवधिका लागि कारोबार गर्नेहरु बढी सक्रिय रहेको जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?