+
फिफा विश्वकप २०२६ :

इन्जुरी टाइम गोलमा घाना विजयी

२०८३ असार  ४ गते ६:५० २०८३ असार ४ गते ६:५०

बराबरीतर्फ अग्रसर खेलको दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा घानाका यिरेन्कीले गोल गरेका हुन् । 

४ असार, काठमाडौं । इन्जुरी टाइमा गरेको गोल मदतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० ले हराउँदै विजयी सुरुावात गरेको छ ।

क्यानडाको टोरन्टो स्टेडियममा बिहीबा भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरे ।

बराबरीतर्फ अग्रसर खेलको दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा घानाका यिरेन्कीले गोल गरेका हुन् ।

यो जितपछि घानाले ३ अंक जोड्दै विश्वकप सुरुवात गरेको छ ।  इंग्ल्यान्ड र क्रोएसिया जस्ता टिम यस समूहमा जितपछि घानाले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

अघिल्लो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४-२ ले पराजित गरेको थियो ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय