Comments Add Comment

अरुण भ्यालीले ३१ लाख ५७ हजार कित्ता एफपीओ ल्याउने

share-ipo५ भदौ, काठमाडौं । अरुण भ्याली हाइड्रो पावरले ३१ लाख ५७ हजार कित्ता फदर पब्लिक अफरिङ -एफपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले १० मेगावाट विद्युत उत्पादन क्षमताको कावेली- ३ मा लगानी जुटाउने उद्देश्यले ३१ लाख ५७ हजार कित्ता एफपीओ निष्काशन गर्न लागिएको अरुण भ्यालीका अध्यक्ष गुरुप्रसाद न्यौपानले अनलाइनखबरलाई जानकारी दिए ।

कावेली ३ आयोजनाको सर्भे डिजाइन भइरहेको र कन्सल्ट्यान्ट हायर गरिसकिएको न्यौपानेले बताए ।

‘एफपीओ निष्कान गर्नका लागि प्रक्रिया सुरु गरिसकेका छौं,’ उनले भने- ‘एफपीओबाट जम्मा भएको पुँजीले कावेली- ३ बनाउन लागिएको हो ।’

त्यसैगरी, अरुण भ्यालीले सबै प्रवर्द्धक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने भएको छ । कम्पनीमा सञ्चालकको संख्या ७ बाट घटाएर ५ जनाको बनाउने प्रस्ताव साधारणसभामा लाने तयारी गरेको छ ।

कम्पनीले जारी पुँजीलाई १ अर्बबाट वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँ बनाउने प्रस्ताव साधारणसभामा लैजाने भएको हो । कम्पनीको साधारणसभा भदौ १७ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment