Comments Add Comment

चट्याङ लागेर पूर्वमा एकै दिन चारको मृत्यु

Chatyang६ भदौ, ताप्लेजुङ । वर्षासंगै परेको चट्याङ लागेर आइतबार एकै दिन पूर्वका विभिन्न जिल्लामा चार जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसोको चट्याङ लागेर पूर्वको सप्तरी, भोजपुर, ओखलढुङ्गा र सोलुखुम्बुमा एक/एक जनाको मृत्यु भएको हो ।

सप्तरीको कंचनरुप ४ बस्ने ६० वर्षीय लक्ष्मी मुखियाको चट्याङ लागेर घटना स्थलमै मृत्यु भएको थियो भने उनका नाति देबा मुखिया घाइते भएको पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले बताएको छ ।

आइतबार अपरान्ह ४ बजेतिर परेको चट्याङले आˆनै घरमा बसिरहेको अवस्थामा उनीहरुलाई चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते देबाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

यस्तै, भोजपुरको छिनामखु ४ मा पनि चट्याङ लागेर खेतमा काम गर्दे गरेका १८ वरषीय राजिब श्रेष्ठको मृत्यु भएको छ भने सोही ठाउँका २७ वर्षीय प्रेम श्रेष्ठ घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकिमा उपचार भईरहेको छ ।

ओखलढुङ्गाको कटुन्जे ८ का स्थानीय ६५ वर्षीय निर्माया सार्कीको पनि आइतबार परेको चट्याङ लागेको मृत्यु भएको प्रहरीले बताएको छ ।

आफ्नै घरमा बसिरहेको अबस्थामा चट्याङ लागेर उनी गम्भिर घाइते भएकी थिइन् । गम्भिर घाइते सार्कीको स्थानीय स्वास्थ्य चौकिमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालाय बरुणेश्वरले जनाएको छ ।

प्रहरीका अनुसार सोलुखम्बुको देउसा गाविस २ मा पनि आइतबार परेको चट्याङ लागेर ३० वर्षी लालकुमार राईको मृत्यु भएको छ भने उनकी ३ वर्षीय छोरी घाइते भएकी प्रहरी चौकी नेलेले जनाएको छ ।

यस्तै इलामको देउमाई ३ स्थित मझुवामा चट्याङ लागेर ३८ वर्षीय रामबहादुर राई घाइते भएका छन् । घाइते राईको स्वास्थय चौकी मंगलबारेमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment