+
+

विदेशीको क्रेडिट कार्ड चोरेर सामान किन्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ६ गते १४:१२

Online-Shoping

६ भदौ, काठमाडौं । विदेशीको क्रेडिट कार्डको विवरण चोरेर अनलाइन सपिङ गर्ने एकजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले जनाएको छ ।

पक्राउ पर्नेमा बाग्लुङ बागलुङको गलकोट गाविस-९ घर भई हाल काठमाडौंको बालाजुमा बस्ने ३२ वर्षीय तेजिन्द्र केसी (उप्रेती) छन् ।

उनले गत जेठ महिनादेखि जापानी नागरिकको नाममा जारी भएको क्रेडिट कार्ड प्रयोग गरी पटक-पटक महंगा मोबाइलहरु किन्ने गरेका थिए । केसीले हिमालयन बैंकबाट अनलाइन पेमेन्ट सुविधा लिएको निओट्रिक नेपाल प्रालि न्यूरोड र जावलाखेल शाखाबाट जापानी नागरिकको नाममा जारी भएको क्रेडिट कार्डको नम्बर प्रयोग गरी सामसुङ, हुवावे, लेनोभो ब्राण्डका महंगा मोबाइलहरु अनलाइनमार्फत खरिद गरेको पाइएको सिआइबीका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

काठमाडौंस्थित बागलुङ प्याराडाइज होटलमा बस्दै आएका केसीलाई यही भदौ १ गते बुद्धनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जापानमा बस्ने उनको नेपाली साथीले जापानी नागरिकको क्रेडिटकार्डको नम्बर लगायतका विवरणहरु भाइबरमार्फत् पठाएको र आफूले अनलाइन सपिङ गरेको उनले प्रहरीलाई बयान दिएका छन् ।

केसीले जापान पठाइदिन्छु भनेर बिभन्न व्यक्तिहरुबाट रकम लिएर ठगेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान पनि जारी राखेको छ । उनीबाट ठगिएका कोही भए महाराजगञ्जस्थित सिआइबी कार्यालयमा सम्पर्क राख्न पनि प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?