+
+

रोल्पामा ६० एचआइभी सङ्क्रमित 

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ६ गते १५:३०

 

६ भदाै, रोल्पा । रोल्पा जिल्लामा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या हालसम्म ६० पुगेको छ । सङ्क्रमित हुनेमा २७ पुरुष, २८ महिला र ५ बालबालिका रहेको रोल्पा प्लस सामुदायिक हेरचाह केन्द्रका अध्यक्ष राधा विकले जानकारी दिइन् ।

About 2880 candles are seen lit during a World AIDS Day event in Jakartaतीमध्ये आठ महिला र तीन जना पुरुषको यसअघि नै मृत्यु भइसकेको छ ।

विकका अनुसार जिल्लामा २२ देखि ६२ वर्ष उमेर समूहका पुरुष तथा महिलामा एचआइभीको सङ्क्रमण देखिएको छ  । त्यस्तै आठदेखि १४ वर्षसम्मका बालबालिकामा  पनि संङ्क्रमण देखिएको छ । सङ्क्रमित पाँच बालबालिकामध्ये चार बालिका र एकजना बालक छन् । यी बालबालिका सङ्क्रमित बाबुआमाबाट जन्मेको हुँदा जन्मदेखि नै एचआइभी एड्स सङ्क्रमणको सिकार बन्नुपरेको हो ।

रोजगारीका कारण खाडी मुलुक पुगेका श्रीमानहरू स्वदेश फर्कंदा सङ्क्रमित भएर फर्कने र घरमा श्रीमतीलाई यस विषयमा कुनै पनि जानकारी नदिने भएका कारण श्रीमतीहरु सङ्क्रमित भएर जीवन जिउन बाध्य भएको एचआइभी एड्सबाट सङ्क्रमित भएका महिलाको गुनासो छ ।

रोल्पा प्लसले जिल्लामा सङ्क्रमितको स्वास्थ्यसम्बन्धी परामर्श तथा आवश्यक औषधि उपचार दिँदै आएको भए पनि यस आर्थिक वर्षमा भने संस्थामा कुनै किसिमको कार्यक्रम सञ्चालनमा नभएको हुँदा सङ्क्रमित चिन्तित भएका छन् ।

‘हामीले कार्यक्रम सञ्चालनका लागि सभामुखसँग लगायत प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री कृष्णबहादुर महरासमक्ष ज्ञापनपत्र बुझाएका छौँ उहाँहरुले केही पहल गर्नुहुन्छ कि भन्ने आशा छ’, रोल्पा प्लसका सदस्य दामे विकले भने ।

संस्थामा हाल कुनै किसिमको कार्यक्रम सञ्चालन नहुँदा जिल्लाको दूर दराजबाट उपचारका लागि सदरमुकामसम्म आएका सङ्क्रमितलाई खाना खान र बास बस्नसमेत असहज हुने गरेको उनीहरुको गुनासो छ ।

सुरु सुरुमा आफू सङ्क्रमित भएको कुरा खोल्न नचाहनेहरु पनि पछिल्ला दिनमा खुलेर औषधि उपचारका लागि सदरमुकाम आउने गरेको सरोकारवालाहरुले बताए ।

केही वर्ष पहिले एचआइभी एड्स सङ्क्रमितलाई समाजले छी छी र दुर्दुर गर्थ्यो तर अहिले हामी पनि अन्य मानिससरह सरल जीवन बाँचिरहेका छौँ – अध्यक्ष विकले भनिन् ।

रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?