Comments Add Comment

मुगुमा दुल्याल्नी देवीको मेला सम्पन्न

mugu mela७ भदौ, मुगु ।  मुगु जिल्लामा प्रशिद्ध दुल्याल्नी देवीको विशेष मेला सम्पन्न भएको छ । मुगुको खत्याड भेगस्थित गाम्था गाउँमा रहेको उक्त मन्दिरमा साउन पूर्णिमामा मेला लाग्ने गरेको छ ।

मेलामा खत्याड भेकका अधिकांश गाँउबाट भत्तजनहरुको सहभागिता रहेको थियो ।  दुधसँग सम्बन्धित देवी भएकाले देवीको नाम दुल्ल्याल्नी रहन गएको धार्मीक किम्वदन्ति रहेको छ ।

पूजाको बेला धामी, डाँग्री लगायत मेला भर्न आएका व्यक्तिहरु नुहाउने कुवाको पानी दुध जस्तै रहको छ ।

मानिसलाई संकट पर्दा रक्षा गर्ने विशेषता भएकी देवीको रुपमा दुल्ल्याल्नी भगवतीलाई लिने गरेको धार्मीक जन विश्वास रहेको छ ।

मेला भर्न आएका भक्तजनहरु विशेष गरेर रात भर देउडा खेलेर मनाउने परम्परा रहेको छ । मन्दिर भित्र देवीको पुजापाठ का साथै धामीहरु काँप्ने गरेका छन् ।

मेलामा सबै जनालाई  देउडाकै रौनकले आकर्षण गरेको हुन्छ । देउडा खेल्ने र हेर्नेहरु प्रायजसो यो पर्वको प्रतिक्षा गरेर बसेका हुन्छन् । महिलाहरुको स्थानिय पोशाकमा खेलेको देउडा साच्चै रोचक र आकर्षक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment