आफ्नो जन्मदिनको बिहानै दीपकराज गिरीलाई फोन गरिन् दीपाश्री निरौलाले । दीपकले हाई मात्रै भनेका थिए दीपाश्रीले भनि हालिन् ‘आज जन्मदिनको दिन बिहानै मलाई रुवायौ है’ । खासमा उनलाई रुन वाध्य बनाएको थियो दीपकराजको फेसबुक स्टाटसले । उनले दीपालाई जन्मदिनको शुभकामना दिँदै यस्ताे लेखेका थिए ।
संघर्षका दिनमा तिमिवाट साथ पाँए
लडेर उठ्न खोज्दा तिमै हात पाएँ
दु:ख हजार देउ हे इश्वर । तिमीलाइ मेरो माफि छ
संसारसँग लड्न सक्ने
यो साथि नै काफी छ ।
‘दीपकको स्टाटस पढ्ने बित्तिकै पुराना दिन सम्झेर आँखावाट आशु आयो’ अनलाइनखबरसँग कुरा गर्दै दीपाश्रीले भनिन् । राती १२ बजे नै उनका दिदीका छोराछोरीले उनको लागि केक काटेका थिए । फेसबुकवालमा राती १२ बजेदेखि शुभकामना सन्देश आउन सुरु भएको थियो ।
बिराटनगरमा रहेका उनका ७६ वर्षिय बुबा र मामा, माइजु र आफन्तहरुले बिहानै फोन गरेर शुभकामना दिए ‘अझ राम्रो गर्दै जानु’ भनेर ।
१० बजे पशुपति बृद्धाश्रममा रहेका बृद्धहरुलाई खाना खुवाउन गएकी दीपालाई गाईजात्रे युनिटले दिउँसो चार बजे केक काटेर स्वागत गर्ने योजना बनाएका छन् । ‘कति वर्षको हुनु भयो हामी त्यति नै पाउण्डको केक ल्याउछौं भन्दै थिए मैले मेरो उमेर बराबरको केक ल्यायौ भने बोक्न सक्दैनौ भनेँ ।’ दिपाले हाँस्दै भनिन् ।
यसपालीको जन्मउत्सब बिगतको भन्दा फरक लागेको छ उनलाई । उनको भनाई अनुसार यो वर्ष उनको जन्मदिन दुईवटा परेको छ । एउटा आफु जन्मेको दिन अर्को आफुले निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा’ रिलिज हुने दिन ।
उनले निर्देशन गरेको चलचित्र भदौ २४ गते सार्वजनिक प्रदर्शन हुँदैछ । उनलाई जन्मदिनको शुभकामना दिनेहरुले चलचित्रको सफलताको लागि समेत अग्रिम शुभकामना दिएका छन् ।
प्रतिक्रिया 4