Comments Add Comment

देशभरका पुलको अवस्थाबारे जान्न मोबाइल एप

Narayani Bridge Chitwan
८ भदौ, काठमाडौं । सडक विभागले देशभरका पक्की मोटरेबल पुलको अवस्थाबारे एकै थलोमा बसेर जानकारी थाहा पाउन भन्दै एप बनाएको छ ।

विभागले विश्व बैंकको सहयोगमा संचालित पुल सुधार तथा मर्मत कार्यक्रम अन्र्तगत ट्याब्लेटमा आधारित एप बनाएको हो ।

भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले मंगलबार एक समारोहबीच ट्याब्लेट एप सार्वजनिक गरे ।

पुलहरुको अनुगमन र मर्मतमा सहयोग पुगोस् भनेर ट्याब्लेट एप निर्माण गरिएको सडक विभागको पुल महाशाखाले जनाएको छ । देशभर हाल करिब २ हजार वटा पुल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment