Comments Add Comment

आयल निगमद्वारा पाइपलाइन बिछ्याउन १४ हेक्टर जग्गा माग

८ भदौ, काठमाडौं । नेपाल आयल निगमले रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलिमय पदार्थको पाइपलाइन विस्तारका लागि करिब १४ हेक्टर जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

Nepal-Oil-Corporationनेपाल आयल निगमले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर पाइपलाइन विस्तारको अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराउँदै करिब १४ हेक्टर जग्गा आवश्यक परेको बताएको हो ।

भारतसँग सम्झौताका बेला ४१ किलोमिटर लामो पाइपलाइन बनाउने भनिए पनि ३७ किलोमिटरमा मात्र पाइपलाइन विछ्याए पुग्ने देखिएको र त्यसका लागि करिब १४ हेक्टर जग्गा आवश्यक पर्ने बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको नेपाल आयल निगमका सञ्चालक समितिका अध्यक्ष एवम् आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले जानकारी दिए ।

नेपाल र भारतबीच एक वर्ष पहिले पाइपलाइन निर्माणको सम्झौता भएको थियो । सम्झौताअनुसार भारतीय पक्षले अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने काम गरिरहेको छ ।

नेपाल र भारतबीच करिब ४ अर्ब ४० करोड रुपैयाँको लागतमा पाइपलाइन निर्माण गर्ने र त्यसको ७३ प्रतिशत रकम भारतले अनुदानस्वरुप उपलब्ध गराउने गरी सम्झौता भएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा आपूर्तिमन्त्री दीपक बोहोरा बोहोराले सात वटै प्रदेशमा ५० हजार किलोलिटर क्षमताका पेट्रोलियम पदार्थको भण्डारणस्थल तथा ५ हजार टन क्षमताका खाना पकाउने ग्यास भण्डारणस्थल बनाउने योजनाबारे जानकारी गराएका थिए ।

निगमको बि्रफिङपछि प्रधानमन्त्री प्रचण्डले यस बारेमा आफूले अध्ययन गरेर निर्देशन दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment