Comments Add Comment

लाइसेन्स लिन नगएकालाई एक महिने मौका

Nepali-Drivers-Licence-302x177९ भदौ, काठमाडौं । तोकिएको अवधिमा लिन नगाएका भन्दै खारेज गर्ने तयारीमा राखिएका सवारीसाधान अनुमतिपत्र खारेज नहुने भएको छ ।

एकपटकका लागि मौका दिइने भन्दै यातायात व्यवस्था विभागले लाइसेन्सको खारेजी एकपटकका लागि रोकेको हो ।

यसका लागि विभागले महिना दिने अवधि दिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
महिना दिनभित्र पनि लिन नआइएको लाइसेन्स भने खारेज गरिनेछ ।

विभागका अनुसार सवारीसाधानधनीले लाइसेन्स लिन १५ भदौदेखि १५ असोजसम्म विभागको कार्यालय पुगिसक्नुपर्नेछ । यस अविधभित्र पनि नबुझिएका लाइसेन्स भने सधैका लागि खारेज गरिनेछ ।

विभागका अनुसार यसरी लाइसेन्स लिने सरावरीधनीले जरिवाना दस्तुर भने डवल तिर्नुपर्ने हुन्छ । विभागका अनुसार ०७२ भन्दा अघि कारबाहीमा परेका लाइसेन्सको हममा मात्रै यो सुविधा लागू गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment