Comments Add Comment

कुकुरको ३० किलो दिसा चोरिएपछि नगरपालिकालाई फसाद

tall inflatable dog messसहरमा राखिएको ‘आची’ चोरिएपछि नगरपालिकालाई झण्डै तिन लाख रुपैयाँभन्दा धेरै घाटा लागेको छ ।

आखिर नगरपालिकाले नै सफा गर्नुपर्ने सहरको आची चोरले चोर्दा त उल्टै नगरपालिकालाई हाइसन्चो हुनुपर्ने हो । बढार्नुपर्ने कसिंगर हावाले उडाइदिएजस्तै हुनुपर्ने पो हो । तर यस्तो भएन, स्पेनको टोरेलोडोन्स नगरपालिकालाई । सहरमा ठड्याइएको भिमकाय कुकुरको आची अज्ञात चोरले चोर्दा नगरपालिकालार्य २४ सय युरो घाटा लागेको छ ।

यथार्थमा त्यो वास्तविक आची थिएन । सहरमा घरमा कुकुर पाल्ने मान्छेहरुलाई आफ्नो कुकरलाई यत्रतत्र दिसा नगराउन र दिसा गरिहालेमा पनि सफा गर्न जनचेतना जगाउनका लागि नगरपालिकाले महंगोमा खरीद गरेको हावा भरेको दिसा आकारको ठूलो आकृति थियो त्यो । तिन मिटर अग्लो त्यो फुलिने आचीको तौल नै ३० किलो थियो ।

कुकुरधनीलाई जनचेतना जगाउने अभियानलाई निकै सफल बनाउन सहयोग गरेको उक्त आची हराएपछि चिन्तामा परेका नगरपालिकाका अधिकारीहरुले आची निर्मातालाई अर्को आची तयार गरिदिन अर्डर गरिसकेका छन् ।

नगर काउन्सिलर एन्जेल गुइराओका अनुसार कृत्रिम आचीमार्फत सुरु गरिएको अभियान भव्य रुपमा सफल भैरहेको थियो । नगरपालिकाले उक्त भिमकाय आचीसँगै सहरका विभिन्न ठाउँमा कुकुरको आचीजस्तै देखिने कंक्रिटका डाल्ला पनि राखिदिएको छ । ती कंक्रिटका डल्लासँगै एउटा सन्देश पनि लेखिएको हुन्छः यो सँगै बस्नका लागि एउटा ठूलो अवरोध हो । यदि तपाइँको  पनि कुकुर छ भने हामीलाई सहयोग गर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment