११ भदौ, काठमाडौ । लागूऔषध तस्करी जस्तो गम्भीर मुद्दामा फरार अभियुक्त उद्योगी/व्यापारी पवन संघाईलाई पक्राउ गर्न प्रहरी अझै असफल बनेको छ ।
लामो समयसम्म संघाई पक्राउ नपर्दा प्रहरीमाथि नै प्रश्न उठ्न थालेको छ । अनुसन्धानमा अन्तर्राष्ट्रि स्तरमै ख्याति कमाएको नेपाल प्रहरीले ठूला व्यापारिक घरानाका मालिक संघाईलाई अहिलेसम्म किन पक्राउ गर्न सकेन भन्ने प्रश्न आमनागरिकले उठाउन थालेका आजको राजधानी दैनिकमा समाचार छ ।
लागूऔषध तस्करी प्रकरणको छानबिन अघि बढाउने क्रममा प्रहरीले संघाईले सञ्चालन गरेको सबै कम्पनीमाथि अनुसन्धान अघि बढाएको बताउँदै गर्दा संघाई ग्रुपका अन्य व्यक्तिलाई प्रमाण नष्ट गर्न सक्ने आशंकामा सामान्य सोधपुछ पनि नगरी प्रहरी बसेको छ ।
यो कार्यले कतै अभियुक्तसँगै मिलेमतोमा देखावटी मुद्दा बनाएर अदालतमा मात्रै हाजिर गरिाउने नयत त होइन भन्ने आशंका जन्माएको छ ।
लागूऔषध ब्युरोले चाँडै संघाई पक्राउ पर्छन् भनेपछि नतिजा शून्य देखिएपछि प्रहरीभित्रै छानबिन र अनुसन्धानको विषयमा बहस हुन थालेको छ ।
प्रतिक्रिया 4