Comments Add Comment

गायक गुरुङको पार्थिव शरीरमा सञ्चारमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

Late-Singar-Khem-Raj-Gurung
गायक खेमराज गुरुङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै सञ्चारमन्त्री सुरेन्द्र कार्की । तस्वीर: कविन अधिकारी/अनलाइनखबर

१२ भदौ, काठमाडौं । दिवंगत गायक खेमराज गुरुङको पार्थिव शरीरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् ।

गायक गुरुङको बिहीबार निधन भएको थियो । अन्त्येष्टि अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञाभवन कमलादीमा राखिएको थियो ।

मन्त्री कार्की प्रज्ञाभवन पुगेर गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरे ।

प्रज्ञा भवन परिसरमा कलाकार, शुभेच्छुक र सर्वसाधारणहरुको उपस्थिति थियो । उनीहरु शोकमा थिए ।

गायक गुरुङको पार्थिव शरीरमा आइतबार नै पशुपतिस्थित आर्यघाटमा एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टीको झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment