Comments Add Comment

‘स्वामी’द्वारा अतिक्रमित निकुञ्जको जग्गाबारे बोल्न चाहेनन् मन्त्री

पत्रकारको जिज्ञासामा मन्त्री भण्डारीले भने- पछि बोल्छु

Shankar-Bhandari,-Forest-Mi

१४ भदौ, चितवन । वन तथा भू-संरक्षण मन्त्री शंकर भण्डारीले वन र वन्यजन्तु संरक्षणको बरखिलाप हुने कुनै पनि सम्झौता नगर्ने दावी गरेका छन् । आफ्नो कार्यकालमा नयाँ उपलब्धीमूलक काम गर्ने उनले बताए ।

‘मलाई जनता, पार्टी र सबैले विश्वास गरी वनमन्त्री बनाउनु भएको छ,’ प्रेस युनियन चितवनले मंगलबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘म केहि नयाँ उपलब्धीमूलक काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

मन्त्री भण्डारी वन र वन्यजन्तु संरक्षणका लागि नयाँ ऐन आवश्यक भएको बताए ।

वन्यजन्तु अस्पताल किन बनेन् भन्ने पत्रकारको जिज्ञासामा मन्त्री भण्डारीले अस्पताल बनाउने काममा अर्थ, गृह र रक्षा मन्त्रालय बाधक बनेको आरोप लगाए ।

अर्थ मन्त्रालय माओवादीले तथा गृह र रक्षा मन्त्रालय कांग्रेसले पाएका छन् ।

पश्चिम चितवनको मेघौली सराईले धरापमा गैंडा मारेको र स्वामी कमलनयनाचार्यले निकुञ्जको जग्गा अतिक्रमण गरेको विषयमा भने उनले बोल्न चाहेनन् । उनले भने, ‘यसबारेमा बुझिरहेको छु । बुझेपछि बोल्छु ।’

कमलनयनाचार्यले नवलपरासीको त्रिवेणीस्थित गजेन्द्र मोक्षधाम वरपरको जग्गा अतिक्रमण गरेका छन् । सरकारले दिएकोभन्दा तीन गुणा बढी क्षेत्र कमलनयनाचार्यले कब्जा गरेका छन् । विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको जग्गा अतिक्रमण गरेर धार्मिकस्थल, मठ मन्दिर लगायतका भौतिक संरचना निर्माण गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

फरक प्रसंगमा उनले संविधान कार्यान्वयन गर्न चुनाव अनिवार्य भएको भन्दै एमालेको साथ सहयोगमा चुनाव हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment