Comments Add Comment

‘फिल्मफेयर अवार्ड’मा रणवीर र आलिया उत्कृष्ट नायक–नायिका

बलिउडमा बर्षमा दर्जन भन्दा बढी अवार्ड हुन्छ । तर, सबैभन्दा विश्वसनिय अवार्डको रुपमा ‘फिल्मफेयर अवार्ड’लाई मानिन्छ । यो अवार्ड पाउँदा चलचित्रकर्मीहरु पनि सफलता पाएको महशुश गर्छन् । शनिबार राती मुम्बइमा भव्य रुपमा यो अवार्ड सम्पन्न भएको छ । अवार्ड कार्यक्रममा नायक साहरुख खान, रणवीर कपुर, रणवीर सिंह, आयुष्मान खुराना, साराअली खान, जान्वी कपुर, विक्की कौशल, दीपिका पादुकोण, आलिया भट्ट लगायतका दर्जनौ बलिउडकर्मीको उपस्थिती थियो ।

यो अवार्डमा उत्कृष्ट नायकको अवार्ड चलचित्र ‘सञ्जु’ मार्फत् रणवीर कपुरले हात पारे भने नायिकामा ‘राजी’बाट आलिया भट्ट उत्कृष्ट भइन् । त्यस्तै उत्कृष्ट चलचित्रमा ‘राजी’ले पपुलरतर्फ अवार्ड प्राप्त गर्दा ‘अन्धाधुन’ले क्रिटिक्स अवार्ड प्राप्त गरेको छ ।

अवार्ड कार्यक्रममा हेमा मालिनीलाई ‘फिल्मफेयर लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मानित गरिएको थियो । त्यस्तै स्वर्गिय नायिका श्रीदेवीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा श्रद्धाञ्जली दिइएको थियो ।

बलिउडकर्मीका लागि निकै नै महत्वपूर्ण मानिने यो अवार्डका विभिन्न विधामा कसले कुन अवार्ड जिते, यहाँ उल्लेख गरिएको छः

उत्कृष्ट अभिनेता – रणवीर कपूर – सञ्जु

उत्कृष्ट अभिनेत्री – आलिया भट्ट – राजी

उत्कृष्ट संवाद – अक्षत घिल्डियाल – बधाई हो

उत्कृष्ट संगीत – पद्मावत

उत्कृष्ट डेब्यु अभिनेत्री – सारा अली खान – केदारनाथ

उत्कृष्ट डेब्यु अभिनेता – ईशान खट्टर – बियोन्ड द क्लाउड

उत्कृष्ट छायांकन – पंकज कुमार – तुम्बाड

उत्कृष्ट गायिका – श्रेया घोषाल ( घूमर)

उत्कृष्ट गायक – अरिजीत सिंह – राजी ( ऐ वतन)

उत्कृष्ट भिएफएक्स – जिरो

उत्कृष्ट ध्वनी – कुणाल शर्मा – तुम्बाड

उत्कृष्ट नृत्य निर्देशक – महेश – पद्मावत – घूमर

उत्कृष्ट लय – गुलजार – राजी – ऐ वतन

उत्कृष्ट कथा – मुल्क – अनुभव सिन्हा

उत्कृष्ट पटकथा – अंधाधुन – श्रीराम राघवन र टीम

उत्कृष्ट साहायक अभिनेत्री – सुरेखा सीकरी – बधाई हो

उत्कृष्ट साहायक अभिनेता – विक्की कौशल – सञ्जु र गजराज राव – बधाई हो

उत्कृष्ट चलचित्र (पपुलर) – राजी

उत्कृष्ट चलचित्र (क्रिटिक्स) – अंधाधुन

उत्कृष्ट अभिनेता (क्रिटिक्स) : रणवीर सिंह – पद्मावत र आयुष्मान खुराना – अंधाधुन

उत्कृष्ट अभिनेत्री (क्रिटिक्स) – नीना गुप्ता – बधाई हो

उत्कृष्ट डेब्यु निर्देशक – स्त्री – अमर कौशिक

उत्कृष्ट निर्देशक – मेघना गुलजार – राजी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment