
१० चैत, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आइतबारको संसद बैठक पनि अवरुद्ध गरेको छ ।
मधेस आन्दोलन लगायतका आन्दोलनमा भएको घटनाको छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध पारेको हो ।
राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले पटक पटक आश्वासन दिए पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेकाले आजको संसद बैठक पनि अवरुद्ध गर्ने बताए ।
लगत्तै राजपा सांसदहरु सिटबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थगित गरेका छन् ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले पटक पटक संसद अवरुद्ध गर्दै आएका छन् । सरकारले पटक पटक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाए पनि सार्वजनिक भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4